Menu

बुर्तिबाङमा बामगठबन्धनको बृहत् चुनावी सभा : निसी, भुजी, तमानबाट उर्लियो जनमास (तस्वीर)

राम सुवेदी, बुर्तिवाङ २०७४ कात्तिक २४ । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबै दलहरु चुनावी दौडाहामा छन् । बागलुङ जिल्लाका तीनबाम पार्टीहरु नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा एकसाथ चुनावी तालमेल गरि निर्वाचन प्रचार प्रसार अभियानमा छन् । यसै सन्दर्भमा बागलुङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उमेदवार माओवादी केन्द्रका देवेन्द्र पौडेल र प्रदेश नं. २ मा बामपार्टीका साझा उमेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती पहिलोचरणको चुनावी अभियान नीसी भुजी तमान क्षेत्रमा सकेर आज बुर्तिबाङ बजारमा चुनावी सभामा छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य पूर्व मन्त्री दीनानाथ शर्मा, नेकपा एकाले ४ नं. प्रदेश संयोजक गणेश तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुँगाना सहितका नेताहरुले संबोधन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । सभामा प्रतिनिधि सभा सदस्य उमेदवार पौडेल र प्रदेश सभा सदस्य उमेदवार घर्तीको प्रतिवद्धता मन्तव्य रहने आयोजकले जनाएको छ ।

आयोजित सभामा निसीखोला तमानखोला र ढोरपाटन नगर स्थिा बामपार्टिका कार्यकर्ता समर्थकहरुको जनमास बुर्तिबङ बजारमा झरेको छ ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा र विष्णु खत्रीको समेत उपस्थिति रहेको छ ।

सभा अहिले चलिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *