साताको तस्वीर : धुरीबाट देखिने दूरदृश्य !

बागलुङ जिल्लाका डाँडाकाँडाका धुरीबाट देखिने दूरदृश्यहरु लोभलाग्दा त हुन्छन नै यिनीहरुको मनोहरता निहार्न जति हेरिरहेपनि धीत मर्दैन । मौका विशेषले पुगिने अग्ला डाँडाकाँडा धुरीहरुबाट चारैतिर शिर घुमाउदा देखिने मनोहर दूरदृश्यहरुले जस्लाई पनि आकर्षित गरिरहेका हुन्छन् ।

जोखिमपूर्ण यात्राका बाबजुत गाउँगाउँ, पाखा पखेरा, डाँडाँ काँडा मोटरबाटो निर्माणको होडबाजीले पहिले जस्तो जिल्लाका डाँडाकाँडाहरु पहुँच बाहिर छैनन् ।

कात्तिक महिनाको उत्तरार्धका हिँउदे दिनहरुमा चिसो हावाको स्पर्श सँगै बिहानीको निर्मल आकाशको छहारीबाट जिल्लाको मध्य एवं सुदूर पश्चिम क्षेत्रका धुरीहरुबाट देखिने वरपरका मनै लोभ्याउने केहि दूरदृश्यहरुलाई ईबागलुङ सहकर्मी बिमल खड्काले क्यामरामा कैद गर्न भ्याएका छन्, जस्लाई साताको तस्वीरमा यहाँ प्रस्तुत गरिएको छ ।

बडीगाड गाउपालिकाको वडा नं ३ गराङबाट देखिने साबिक दगातुम्डाँडा र जलजला गाविसको सीमानामा रहेको नौटुवा गाउँ तथा गुल्मीको तम्घास रेसुँगा, अर्जुन डाँडा, ।

बडीगाड गाउपालिका वडा न ३ गराङ बाट खिचिएको तस्बिर, जहा गुल्मीको तम्घास रेसुँगा, अर्जुन डाँडा, बागलुङका बिभिन्न ठाउ देख्न सकिन्छ ।

सिसाखानीको भकुण्डेबाट देखिने घुम्टेको लेक ।

ढोरपाटन नगरपालिका ४ सोरवाङबाट खिचिएको कोदोबारीको दृश्य र पृष्ठभूमिमा देखिने धौलागिरी हिमश्रृंखला ।

तमान खोला गाउपालिका साबिक तमान गाविसको केहि दृश्यहरु ।
२०७४ कात्तिक २४ ।
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *