मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकल्प छैन-ज्ञवाली

प्रेम सुनार, गुल्मी २०७३ कात्तिक २३ । नेकपा एमालेका केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले अव मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकलप नभएको बताएका छन् ।

आज फोक्सीङ्गको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली जनताले सवै कम्युनिष्टहरु एक भई दिए हुन्थ्यो भन्ने चाहनालाई पुरा गर्दै र श्रमजिवी जनताको उक्त चाहना पुरा गर्न सम्पुर्ण कम्युनिष्टहरु एक भई सकेको बताए ।

वामपन्थी शक्तिहरुलाई यसपाली दल विचार नहेरी आगामी ५ वर्षसम्म विकास गर्ने अवसर मात्रै दिनुहोस हामी तपाईहरुको अपेक्षा पुरा गर्ने छौं र मुलुकलाई समृद्ध बनाएरै छाड्ने छौं उनले भने मैले लगाएको जुत्ता त दुई वर्ष टिक्छ तर सरकार ९ महिना पनि टिक्दैन अनि कसरी विकास हुँन्छ ?

नेपालको विकास र श्रमजिवि वर्गको समृद्धिका लागी वामपन्थीहरुको विकल्प नभएको भन्दै त्यसलाई सघाई नयाँ नेपाल निर्माणमा सरिक हुन सबैलाई आग्रह समेत गरे । विगतको २७ वर्षको इतिहास हेर्दा ७ वर्ष मात्रै देशको आर्थिक बिकास गरेको भन्दै उनले आगामी ५ वर्ष सम्म आफुहरुलाई साथ दिनु आग्रह गरे ।

आफु २,२ पटक साँसद हुँदा र एक पटक मन्त्री हुँदा गुल्मीको विकासमा उल्लेखनिय योगदान गरेको कुरा जनतालाई अवगत नै भएकोले आफुले अरुले जस्तै फलक्दै नहिड्ने उनको भनाई दियो । जिल्लाको विकास निर्माण कालिगण्डकी करीडोर लगायतका क्षेत्रमा महत्वपुर्ण योगदान पुराएकोले पनि आफु र आफ्ना वाम गठबन्धन जिल्लामा सफल हुने उहाँको दावी छ ।

सोही क्षेत्र प्रदेश १ का वामगठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन बरालले नेकपाल एमालेलाई जिताउने जिम्मा माओवादी केन्द्रको भएको बताए ।

केन्द्रमा एमाले र माओवादी केन्द्र मिलि वाम गठबन्धन निर्माण गरेको र एक आपसमा विश्वास गरेको भन्दै एमालेलाई जिताउने जिम्मा आफुहरुले लिएको ुबताए । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ को चन्द्रकोट गाउँपालिका स्थीत ग्वाघामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता बरालले यस्तो बताएका हुन् ।


यसैबीच गुल्मी क्षेत्र नम्वर २ का वाम गठबन्धनका प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले वामगठबन्धनका सवै उमेदवारहरु जनपक्षिय भएको र उनिहरुको जित नै जनताको जित भएको बताएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाको चुनावी सभालाई सम्वोधन गर्दैं उनले भने –‘ विभेदमा परेका गरिव निमुखा जनताका लागि हामी वामगठबन्धनका उमेदवारहरु साझा र जनपक्षिय उमेदवार हौं , ति वर्ग समुदायबाट आफुहरु भारी मतले विजयी हुने शुनिश्चित भई सकेको छ ।’

उनले सामाजिक न्याय , समानता , स्थिर सरकार र समृद्धि मुलुक निमार्णका लागि वामगठबन्धनलाई विजयी बनाएर आफु जनताको सरकार बनाउने श्रमजिवी जनताका लागि यो ऐतिहाँसिक अवसर भएको बताए । उनले यो ऐतिहाँसिक अवसरलाई नगुमाउन अग्रह गदै वामगठबन्धनका जनपक्षिय उमेदवारलाई जिताएर आफुले् चाहेको मुक्तिको बाटो अंगाल्न समेत आग्रह गरे ।

गुल्मी क्षेत्र नम्वर २ स्थानिय तहको निर्वाचनमा काग्रेस भन्दा वामगठबन्धन १३ हजार मतले अगाडी रहेको बताउँदै उनले त्यसको दोव्वर मत ल्याएर जित्ने दावि गरे । उमेदवार विष्टले रेसुङ्गा नगरपालिका भित्र केहि वडाहरु अझै पनि बत्ति मुनीको अँध्यरो भने झै भएको बताउँदै अव जसरी विगतमा साविकको क्षेत्र नम्वर ३ ले विकास पायो त्यसरी नै रेसुङ्गा नगरपालिवासीले विकास पाउने उद्घोष गरे ।

वडा नम्वर ५ को लामडाँडा लगायतका गाउँहरुमा मोटर बाटाको हरिविजोग देखेर आफु अचम्वीत भएको बताउँदै उनले स्थानियवासीलाई सुविधा सम्पन्न सडक बनाई दिने र लिफ्टीङ्ग सिस्टम खानेपानी योजना पारेर सिंचाईको व्यवस्था समेत कृषकलाई मिलाउने बताए ।

बृद्ध भत्ता एकल महिला भत्ता अपाङ्ग भत्ता मात्र होईन भने सुत्केरी भत्ता समेत मासिक ५ हजार बनाउने वामगठबन्धनको संयुक्त चुनावी एजेण्डा रहेको जानकारी दिए । एमालेका प्रभावशाली नेता समेत रहेका विष्टले आजै रेसुङ्गा नगरपालिका वडा नम्वर ६ को वृहत चुनावी सभालाई समेत सम्वोधन गरेका छन् ।

संयुुक्त चुनावी सभामा क्षेत्र नम्वर २ प्रदेश क का उमेदवार खड्क केसी, माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, वडा नम्वर ५ का वडाध्यक्ष गनबहादुर गुरुङ्ग लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

वडा नम्वर ५ मा तेजप्रसाद खनालको अध्यक्षता र गणेश मरासीनीको सञ्चालन रहेको थियो भने वडा नम्वर ६ मा रामप्रसाद मरासीनीको अध्यक्षता र हरिप्रसाद पोखरेलको सञ्चालन रहेको थियो । उक्त वडा गत स्थानिय निर्वाचनमा नेकपा एमाले एक्लैले कांग्रेस भन्दा चार सय मत बढिले जितेको थियो ।

ब्ततबअजmभलतक बचभब

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *