Menu

बाम गठबन्धनको चुनावी जनभेटघाट बिरकोटमा

शान्त खत्री मौसम , हटिया २०७४ कात्तिक २३ । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा बागलुङमा बामपन्थी गठबन्धनले चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । उमेदवारहरुले मतादातालाई घर–घरमा पुगेर भेटघाट गरेका छन् भने नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्बद्ध विभिन्न संघ संगठनका नेता कार्यकर्ताहरुले पनि चुनावी अभियानलाई तिव्र बनाएका छन् ।

बिहीबार संयुक्त बाम गठबन्धनको टोलीले गल्कोट नगरपालिका –८ बीरकोटमा चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बीरकोटको जनाभेटघाट कार्यक्रममा बोल्दै बाम गठबन्धनका साझा उम्मेदवार बागलुङ क्षेत्र न २ प्रदेश सभाका उम्मेदवार चन्द बुढा सागरले जनताका समस्यामा सधै लडिराखेको बताउदै सधै जनता कै साथमा नै लडिराख्ने कुरा जोड दिएका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमायाँ रोका राष्ट्रिय जनर्मार्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा लगाएतले मन्तव्य राखेका थिए । डम्बर श्रीसको स्वागत मन्तव्य र संचालन पदम सलामिले गरेका थिए।

यसै बिच गलकोट नगरपालिका ८ कै चालिसेटोला , ज्यामिरे , थालेपखरामा पनि जनभेटघाट कार्यक्रम सप्पन्न भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *