तालीम लिईरहेका म्यादी प्रहरीलाई प्रजिअ थापा र प्रनाउ थापाको निर्देशन

बागलुङ २०७४ कात्तिक २३ । आसन्न प्रतिनिधी एवं प्रदेश सभाको निर्वाचनको लागि भर्ना गरिएका म्याग्दी प्रहरीहरुको तालीम समापनको पूर्व सन्ध्यामा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं धाँधली रहीत वातावरणमा सम्पन्न गर्न म्यागी प्रहरीहरुलाई निर्देशन दिएका छन् ।

बिहीवार बागलुङ नगरपालिका १ बाँगेचौरमा तालीम लिईरहेका म्यादी प्रहरीहरुलाई सम्वोधन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापाले पनि निर्देशन दिएका थिए ।

म्यादी प्रहरीमा भर्ना गरिएको पुरुष एवं महिलाहरुलाई सदरमकाम बागलुङ, बुर्तिवाङ लगायत विभिन्न इलाका प्रहरी कायालयमा तालिम दिईएको छ ।
तालीमको समापन भोलि शुक्रवार हुने प्रनाउ थापाले जानकारी दिए ।

तस्वीर सौजन्य: अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *