कीर्ते गरेर पैसा खानेहरुको विश्वास नगर्न जनतालाई निवर्तमान सांसद मीना पुनको आग्रह !

बिजय राना बागलुङ २०७४ कात्तिक २३ । पूर्व सांसद मिना पुनले कीर्ते गरेर पैसा खानेहरुको विश्वास नगर्न जनतालाई आग्रह गरेकी छन् ।
बाम गठबन्धनले बिहीबार बागलुङको पैयुँपाटा लम्सालचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पुनले कीर्ते गरेर पीडितको पैसा खानेहरुले देश बनाउँछौ र विकास गर्छौँ भनेर जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाईन् ।

दोस्रो संविधान सभाको निर्वाचनको समयमा घाईते बनेका पैयँुथन्थापका पीडितकोे पैसा कीर्ते गरेर झ्वाम पार्नेहरु अहिले पनि चुनाव लड्दैछन् पुनले आक्रोसित मुद्रामा भनिन्–उनीहरुलाई जनता संग फेरी मत माग्ने नैतिकता कहाँबाट पलायो ?

पुर्व सांसद प्रकाश पौडेल प्रति लक्षित गर्दै पुनले आफुहरुले समाजमा विधिको शासन, पारदर्शीता र विकास चाहेको बताउँदै कीर्ते गर्नेहरुबाट त्यो प्राप्त गर्न नसकिने ठोकुवा गरिन ।

स्मरणीय छ, संविधानसभा निर्वाचनमा पैयुँथन्थापमा नेपाली काँग्रेसका कार्यकर्ता एवं समर्थकहरुमाथि जनमोर्चाका कार्यकर्ताहरुले निर्घात कुटपीट गर्दा घाईते बनेका टेकबहादुर राना लगायत ९ जनाको उपचार बापत ४ लाख ७९ हजार ८ सय ५ रुपैयाँ बुझेको निवर्तमान सांसद प्रकाश पौडेल माथि आरोप लागेको थियो । पौडेलले उपचार खर्चबापत स्वास्थ्य मन्त्रालयबाट २६९८१४२ नम्बरकोे चेक बुझेका थिए ।

कार्यक्रममा बागलुङ क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यका उमेदवार डाक्टर सूर्य पाठकले बलेवा एयरपोर्ट निरन्तर सञ्चालनको लागि आफुहरु संग योजना रहेको बताउँदै बलेवा एयर पोर्टले सिङ्गो जिल्लाको आर्थिक आवस्था परिवर्तन गराउने उल्लेख गरे ।

प्रदेश सभा सदस्य बागलुङ क्षेत्र न. १ (ख)का उमेदवार कृष्ण थापाले कुश्मिसेरा देखि हाँडीकोट सम्मा केबलकार सञ्चालन गरिने बताए ।
केबलकार सञ्चालन गरेर दोस्रो मनकामनाको रुपमा विकास गर्न सकिने बताउँदै थापाले जैमिनी–बरेङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपाली, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मेघनाथ शर्माले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कलाकारले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

निर्वाचन परिचालन समितिका अध्यक्ष उमानाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य टेकबहादुर रोका र सञ्चालन प्रेम रोकाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *