Menu

बाम गठबन्धनको चुनावी सभा रेशमा

श्रृजना पन्त, बागलुङ २०७४ कात्तिक २३ । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकीदै जाँदा बागलुङमा बामपन्थी गठबन्धनले चुनावी प्रचार प्रसार र अभियानलाई तिव्रता दिएको छ ।

उमेदवारहरुले मतादातालाई घर–घरमा पुगेर भेटघाट गरेका छन् भने नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्बद्ध विभिन्न संघ संगठनका नेता कार्यकर्ताहरुले पनि चुनावी अभियानलाई तिव्र बनाएका छन् । बिहीबार संयुक्त बाम गठबन्धनको टोलिले काँठेखोला गाउँपालिका–७ रेशका विभिन्न ठाउँमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

रेशको मगरथरमा भएको चुनावी सभालाई सम्बोदन गर्दै नेकपा एमालका बैकल्पिक केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार मनकुमारी केसीले राष्ट्रियताको रक्षा, आर्थिक सम्वृद्धि र सामाजिक न्यायका लागि पनि बामपन्थी उमेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्ने बताईन ।
सभामा क्षेत्र नमबर १ का प्रदेशसभा उमेदवार ईन्द्रलाल सापकोटाले बामपन्थीहरु देश परिर्वतनका हरेका आन्दोलनहरुमा अग्रभागमा रहेको भन्दैं आगामी दिनमा पनि सधै देश र जनताको पक्षमा रहने प्रतिवद्धता जनाए ।

सो अवसरमा नेकपा एमालेका पूर्व संसाद नरबहादुर थापा, नेकपा एमालेको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जि.सी, राष्ट्रिय जनमोर्चा सम्बद्ध अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बाबुडियर हमाल, नेकपा एमालेका प्रदेशसभा सदस्य कुलबहादुर विक, नेकपा एमालेका काँठेखोला गाउँपालिका सह–संयाजक अन्जु जिसी, बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिव सापकोटा, काँठेखोला गाउँपालिका–८ का अध्यक्ष चित्रा सापकोटा, नेकपा माओवादी केन्द्रका नरबहादुर क्षेत्री, नेकपा एमाले लेखानीका अध्यक्ष बेलबहादुर जि.सी, नेकपा एमालेका क्षेत्रीय सदस्य सुवास गौतम, काँठेखोला गाउपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने लगाएतले बोलेका थिए ।

सभा नेकपा एमाले रेशका अध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका रनबहादुर जिसीको स्वागत तथा नेकपा एमाले रेशका सचिव भुमिराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *