छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक परिक्षण सम्पन्न

कौरव खत्री, गल्मी पौदीअमराई २०७४ कात्तिक २३ । मुसिकोट नगरपालिका १ को छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाको प्रथम सार्वजनिक परिक्षण पौदीअमराईको बाङ्गेमा सम्पन्न भएको छ ।

मुनपा १ का वडाअध्यक्ष पूर्णबहादुर हितानको प्रमुख आतिथ्यता रहेको अन्तरक्रियामा जिल्ला वासका सल्लाहकार विनोद प्रकाश लुहार, सव इनिजनियर क विक्रम चुदारा,मुनपाका वास संयोजक सिता भूषाल र राम बहादुर कुवर, मुनपाका वास सहजकर्ता राजन घिमिरे लगायतको विशेष आतिथ्यता रहेको थियो ।

उक्त अन्तरक्रियामा योजनाको लागत र खानेपानीको संरचनाका बारेमा प्राविधिक सहजकर्ता सुरेन्द्र सामान्तले प्रस्तुत गरेका थिए भने छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाका सचिव देवेन्द्र गुरुङ्गले कार्य विवरण सहितको सामुदायिक कार्य योजना प्रस्तुत गरेका थिए ।
यस्तै परियोजनाका प्रतिनिधि इन्जिनियर मिन बहादुर बस्नेतले सार्वजनिक परीक्षण अन्तरक्रियाको सार्वजनिक रुपमा अन्तरक्रिया मार्फत योजना सामाजिक, आर्थिक, प्राविधिक र भौतिक परीक्षणका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम योजनाका समितिका सदस्य यम गुरुङ्गको अध्यक्षता रहेको कार्यक्रममा भगवति निमाविका प्रधानाध्यापक श्यामन्त नेपालीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन महिला समाजसेवी नरि गुरुङ्गले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *