बाम गठवन्धनको चुनावी सभालाई सम्वोधन गर्न ओली, प्रचण्ड र केसी गल्कोट आउदै

बिमल खड्का, गल्कोट २०७४ कात्तिक २३ । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गरी बाम गठवन्धनका तीन शीर्ष नेताहरु गल्कोटमा आउने भएका छन् । गल्कोटमा आयोजना गरिने चुनावी सभालाई बाम नेता त्रयले सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टी निकट सूत्रले जानकारी दिएको छ ।

संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कात्तिक ३० गने गल्कोट आउने भएका हुन ।

यस अघि बाम गठबन्धनको लाल किल्ला बनाउने नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं बागलुङ २ नं क्षेत्रका प्रतिनिधी सभा सदस्यका उमेदवार देवेन्द्र पौडेले बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *