कालीगण्डगी करिडोर राष्ट्रिय गौरवको आयोजना भएकोले राज्यले बनाएको हो : डा. पाठक

विजय राना, बागलुङ २०७४ कात्तिक २३ । बागलुङ नगरपालिकाको पैयुँपाटामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा.सूर्य पाठकले कांग्रेसले जनतामा भ्रम फैलाएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

कालीगण्डगी करिडोर आफुले गराएको भनेर पुर्व सांसद प्रकाश पौडेलले अनावश्यक प्रोपोगाण्डा गरेको भन्दै २१ औँ शताब्दीमा जनतालाई ढाँट्ने कुचेष्टा नगर्न समेत उमेदवार पाठकले चेतावनी दिएका छन् । पाठकले कालीगण्डगी करिडोर पुर्व सांसदले नभई राष्ट्रिय गौरवको आयोजना भएकोले राज्यले बनाएको बताए ।

पुर्व सांसद पौडेलको जन्म गाउँमै पुगेर पाठकले चुनौति दिँदै भने ‘जनता अब सचेत भइसकेका छन् कसैको अनावश्यक भ्रामक प्रोपोगाण्डामा जनता फस्दैनन् त्यसैले त्यस्तो कुचेष्टा नगरे हुन्छ’ ।

प्रदेश सभा क्षेत्र न. १ (ख) का उमेदवार कृष्ण थापाले सत्य डग्दैन झुटो टिक्दैन भने झै पौडेलेको भ्रामक प्रोपोगाण्डाको जालो जनताले च्यात्ने बताउदै झुुटो प्रोपोकाण्डाको बारेमा जनताले राम्रो संग बुझिसकेको समेत बताए ।

पुर्व सांसद मिना पुनले बामगठबन्धनका उमेदवारहरु दूरदृष्टी भएका र जनताका इमानदार सिपाही भएकाले विकासको लागि बाम उदेवारलाई जिताउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मेघनाथ शर्मा, नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख धनबहादुर परियार, बागलुङ नगर पालिका प्रमुख जनक पौडेलले बोलेका थिए ।

स्थानीय धनपति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य शिव परियार र सञ्चालन उमानाथ शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *