ताराखोलामा काँग्रेसको चुनावी अभियान : काँग्रेस जनताको चाहनानुसार काम गर्ने पार्टी !

गुमानसिँह भण्डारी, नेपाली काग्रेस क्षेत्र नम्बर २, प्रदेश १ को चुनावी अभियान ताराखोलामा सम्पन्न भएको छ । प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्ल सहितको टोलिले ताराखोला गाउपालिका अन्तर्गतका करिमेला, औलादी, उपल्लो हिले, सानोहिले, सिप, फेदी, बराहथान, कोलिन, लाभाङ, साहुबोट लगायतका टोलमा घरदैलो अभियान सम्पन्न भएको हो ।

घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले नेपाली काग्रेसले बिकास निर्माण र जनताको चाहना अनुसारका काम गर्ने पार्टी भएका कारण यस पटकको चुनावमा काग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

यसअधि ताराखोला गाउपालिका अन्तर्गत बिभिन्न ठाउमा आफुले गरेको कामको स्मरण गराउदै आगामि दिनमा ताराखोला गाउपालिकाको समृद्धिका लागी आफु सधै तत्पर भएर लाग्ने बताए । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले लोकतन्त्रको रक्षा र ताराखोलाको समृद्धिका लागी काग्रेसलाई मतदान गर्न आग्ह गर्दै आफुहरु चुनावी अभियानमा हिडिरहदा जनताका आवश्यकता र समस्यालाई टिपोट गर्दै हिड्ेको बताईन् । उनले काग्रेसलाई जिताई बिकास निर्माणमा हातेमालो गर्न आग्रह समेत गरिन् ।

कार्यक्रममा नेपालि काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, प्रचारप्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, गलकोट नगरपालिका वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी, भिमकलि श्रीस, कमला ढकाल, गंगाधर गौतम, माया बस्नेत र नवराज सुवेदीको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *