Menu

हरि माबि हिलमा नेविसंघको ईकाई गठन

शान्त खत्री मौसम, गल्कोट २०७४ कात्तिक २३ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिको ईकाइ गठन अन्तर्गत बुधबार ताराखोलामा कार्यक्रम सम्पन्न भएको छ । ताराखोलाको हरि माद्यमिक बिद्यालयमा बिकास सुवेदीको अध्यक्षतामा नेविसंघको ईकाई गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा जित राना मगर, सचिवमा सिर्जना न्युरे, सहसचिवमा सरिता कडेल र कोषाध्यक्षमा रोशन ढकाल रहेका छन् । कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य समुन्द्र खत्री र नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका सदस्य दिपक मल्लको सहभागिता रहेको थियो ।
सो अवसरमा नवगठित समितिका सदस्यहरुलाई टिका लगाएर सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *