बामगठबन्धनका उम्मेद्धारहरुले भने, फलामखानीको उत्खनन् कार्य अगाडी बढ्छ !

माधव पराजुली, पर्वत २०७४ कात्तिक २३ । स्वाधीनता ,समृद्धि, समाजवादका आधार सबै तहमा वामपन्थीको जनपक्षीय सरकार भन्ने मुलनाराका साथ बुधबार महाशिला गाँउपालिकाको वडा नं. ६ फलामखानीबाट बाम गठबन्धाको चुनाबी प्रचार अभियान औपचारिक रुपमा शुरु भएको छ ।

चुनावी अभियानका क्रममा एमालेका केन्द्रय सदस्य एवं समानुपातिक उम्मेद्धार बिजय गुरुङले विकास, समृद्धि र परिर्वतनका लागि बामपन्थीका साझा उम्मेद्धारलाई मतदान गर्न आह्वान गरे । उनले चुनाव अघिका असन्तुष्टि थाती राखेर निर्वाचनमा भिड्न आफ्ना कार्यकर्ता लाई निर्देशन दिदै गठबन्धनमा मतदानका लागि स्थानीए बासीन्दालाई आग्रह गरे ।

प्रतिनिधी सभाका उम्मेद्धार नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीले भुमिको वैज्ञानिक व्यवस्थापन, विधुत् तथा उर्जा वृद्धि, माध्यमिक तह सम्म निशुल्क शिक्षा, सबै नागरिकलाई सुलभ स्वास्थ्य,स्थानीय तहको सृदृढिकरण, गाउँ सहरमा सहकारी मार्फत घरघरमा राजेजागारी,हाड्रपावर निर्माण,सडम,खानेपानी,कृषि,स्थानीए खानीको व्यवस्था गर्ने जस्ता योजनाका साथ बामपन्थीहरुका उम्मेद्धार चुनावी मैदानमा उत्रिएकोले बामगठबन्धन लाई मतदानत गर्न आग्रह गर्दै जिल्लाको विकासका लागि पहल गर्ने र जनपक्षीय काम गरिरहने बाचा गर्दै स्थानीय उत्पादनमा जोड दिने वताए ।

फलामखानीमा रहेको खानीको उत्खनन कार्यलाई अगाडी बढाई त्यहाँका युवाहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्ने र यस क्षेत्रलाई पहिचानको रुपमा स्थापित गर्ने बताए ।

बाम गठबन्धनको तर्फबाट पर्वत क्षेत्र नम्बर २ का प्रदेश सभाका उम्मेदवार निर्वतमान सांसद विकास लम्सालले महाशिला गाँउपालिकामा रहेको फलामखानीको अध्ययनलाई अगाडी बढाउने बताए । चुनावी अभियानमा निस्केका एमालेका नेता लम्सालले फलामखानीमा पुगेर यस ठाँउमा रहेको फलामखानीको उत्खननको लागि चुनाव सम्पन्न भएको केहीँ महिनाभित्र भुगर्भ विभागबाट प्राविधिकल्याई आवश्यक अध्ययन गर्ने र यस खानीको उत्खनन गर्न आफुले पहल गर्ने बताए ।

२०७० सालको संबिधान सभाको निर्वाचनमा यस क्षेत्र बाट बिजयी भएका लम्सालले एमाले नेतृत्वको सरकारको पालामा आफुले फलमाखानी सम्बन्धी सबै प्रपोजल नेपाल सरकारलाई बुझाएको तर उक्त सरकार लामो समय टिक्न नसक्दा यस क्षेत्रको फलामखानीको उत्खन्न् हुन नसकेको बताए । आफ्नो पहलमा यस फलामखानीको अध्ययन गर्न टोली आउन लागेको र सरकार परिर्वत भएपछी सबै प्रक्रिया रद्ध भएको उनको भनाई थियो । उनले यस खानी वरपरका बस्ती लाई अन्यत्र स्थानान्तरण गरी फलमाखानी उत्खनन् कार्य लाई अगाडी बढाउने बताए ।

यसैविच बुधबार पाखापानीमा भएको कार्यक्रममा बोल्दै बामपन्थीका साझ उम्मेद्धारहरु बिजयी गुरुङ, पदम गिरी, विकास लम्साल, जुना नेपालीले घण्टे हुदै फलामखानीको सडक तत्काल स्थर उन्नती गर्नुका साथै सम्पुर्ण भित्री सडकहरुलाई कालोपत्रे गर्ने काम अगाडी बढाउने वताए । उनिहरुले यस क्षेत्रलाई कृषिमा आधुनीकीकरण गर्दै आलु,धान,मकै,कोदो लगाएत खाधवाली उत्पादन पकेट क्षत्र बनाउने उद्धघोष गरे । उनीहरुले मर्दीखोला लिफ्टि सिचाई आयोजनाको निमार्ण कार्य चुनाव सम्पन्न भएको ४ महिना भित्र नै सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यस क्षत्रमा लिफ्ट प्राणली सञ्चालन गरी कृषिमा आत्मनिर्भर बनाउने बताए । उनीहरुले यस क्षत्रमा खानेपानीको चरम समस्याको समाधान गर्न तत्काल आफुहरुले लिफ्टि मार्फत पानी तानेर एक घर एक धारा जडान गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गगन थापा,एमाले जिल्ला सचिब पदमपाणी शर्मा,महाशिला गाँउपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल लगाएतले बोल्नुभएको थीयो भने सञ्चालन एमाले जिल्ला कमीटी सदस्य एवं वडा अध्यक्ष जिवन उच्चे ठकुरीले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *