Menu

बाम गठबन्धनको चुनावी जनभेटघाट कार्यक्रम मल्ममा

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक २३ । बाम गठबन्धनको चुनावी जनभेटघाट कार्यक्रम आज गलकोट नगरपालिका ७ मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बाम गठबन्धनका साझा उम्मेदवार बागलुङ क्षेत्र नं २ प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले राष्ट्रियता, स्वाधिनता, न्याय, शुसासन र राष्ट्र निर्माण र समृद्विको लागि बाम गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् । बाम गठबन्धन देशको युगान्तकारी परिवर्तनमा समाहित हुने भन्दै सबैलाई ढुक्क भएर गोलाकार भित्रको हसिया हथौडामा मतदान आग्रह गरे ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमाया रोका, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार विष्णु कडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल र नेकपा एमालेका गलकोट नगर समितिका संयोजक डम्मर श्रीसले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का छुम बहादुर थापाको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापाको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै बामगठबन्धनको चुनावी कार्यक्रम तथा घरदैलो कार्यक्रम आजै गलकोट नगरपालिका वडा नं ७ मल्म झिर्का र वडा नं ९ बासखोलामा समेत सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *