तमान खुँखानीका विद्यालयहरुलाई ढोनपा प्रखुख नेपालीव्दारा सहयोग प्रदान

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक २२ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले तमानखोला गाउँपालिकाको खुँखानी पुगेर त्यहाँका विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

हरेक समय सामाजिक संघ संस्थासँग सहकार्य र सहयोग पु¥याउँदै आएका नगर प्रमुख नेपालीले आज खुँखानी स्थित वडा नं. ५ को शान्ति माध्यमिक बिद्यालयको अक्षकोषमा ५१ हजार सहयोग गरेका छन् । त्यस्तै सोही स्थानको देउराली आधारभुत बिद्यालयको आर्थिक अबस्थामा कमजोर हुदै गएको भन्दै उक्त विद्यालयलाई पनि नगद १ लाख १ हजार अक्षकोषमा राखिदिए ।

उता स्थानीय खुंखानी युवा क्लबलाई २५ हजार सहयोग दिएका छन् भने स्थानीय झाँकी, पन्चेबाजा , आमा समुह सहरुलाई नगद १३ हजार सहयोग प्रदान गरेका छन् ।

सहयोग गर्दै नगर प्रमुख नेपालीले आफु जनताको सेवामा सधै हातेमालो गर्ने र दुर्गम बस्तिमा रहेका दुरदराजका जनताका छोरा छारिको उज्वल भबिस्यको चासो राख्ने भएकाले यसरी सहयोग गर्दै आएको स्पष्ट पारे ।

विद्यालय तथा संघ संस्थाले आफ्नो सहयोगलाई सही सदुपयोग गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख नेपालीले आफू नगरपालिकामा निर्वाचित भएदेखि राज्यबाट लिने सेवा सुविधा केही नलिएको र आफ्नो निजी सहयोग विभिन्न स्थानका दलित वस्ति तथा समुदायका विद्यालय तथा संघ संस्थामा रहँदै आएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *