Menu

बोबाङ क्षेत्रको फरक तवरबाट विकास गरी समृद्धितर्फ लैजाने उमेदवार पुनको प्रतिवद्धता

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ कात्तिक २३ । नेपाली काँग्रेसको चुनाव प्रचार अभियान तथा जनसभा ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न भएको छ । आगामी मासिर १० को चुनाबलाई लक्षित गर्दै चुनावी अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का मतदाताबीच भेटघाट तथा आमसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नम्बर २ का प्रतिनीधि सभा उमेद्वार नरबहादुर पुन (निरज)ले ढोरपाटन नगरपालिकाको भौतिक, आर्थिक र शैक्षिक विकासका लागि नेपाली काँग्रेसले पहल गर्ने बताए ।

जलश्रोत, कृषि क्षेत्र अन्र्तगत आलु उत्पादन क्षेत्रको पकेट स्थल, तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको बोबाङ क्षेत्रलाई आफुले फरक तवरबाट विकास र समृद्धितर्फ लैजाने बताए ।

दलित र जनजातीको बाहुल्यता रहेको यस क्षेत्रमा भाषा संस्कृति र अधिकारलाई समेत प्राथमिकता दिने बताउँदै आफुलाई बिजयी गराउन मतदातालाई आग्रह गरे ।

प्रदेश सभा (२) उमेद्वार जितबहादुर शेरचनले आफु गरिब किसान वर्गबाट संघर्ष गर्दै राजनैतिक क्षेत्रदेखि जनताको अधिकार, विकास र देशको समृद्धितर्फ अगाडि बढिरहेको बताउँदै आफनै गाउँ ठाँउको विकासका निम्ती प्रचुर सम्भावना र योजना बोकेर आफु जनताको माझमा उभिएको बताए ।
पूर्व सांसद एवं समाुनपातिक उमेदवार ज्ञानकुमारी छन्तयालले पश्चिम बागलुङको बिकास निर्माण, देशमा शान्ति र संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका निम्ती नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउन आग्रह गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्णकुमार कुँवर, महाधिवेसन प्रतिनीधि टेकराज पौडेल, यामु पौवी, सिंहबहादुर राना, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा,धीरप्रताप सिंह, अर्जुन शेरचन, पुर्व जिल्ला सदस्य मेशलाल शर्मा, लगायलते नपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । ढोरपाटन नगरपालिका उपसंयोजक ताराबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पदम पुनले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *