Menu

वामगठबन्धन तमानमा: मेरो नाफाको जीवन पश्चिम बागलुङका जनताको लागि – पौडेल

बबिता पौडेल बुर्तिवाङ २०७४ कात्तिक २३ । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बामगठबन्धन बागलुङ क्षेत्र नम्बर २ का साझा उमेद्वार देवेन्द्र पौडेलले आफ्नो नाफाको जिन्दगी बागलुङका जनता संग बिताउने बताएका छ्न । दश बर्से जनयुद्धको स्मरण गर्दै भावुक बनेका पौडेलले देशको परिवर्तनका लागि जनयुद्ध र देशमा धेरै ठुला आन्दोलनहरु भए जसले गर्दा जनताले गणतन्त्रको अनुभुती गर्न पाएका छ्न,अव देशलाई बिकास चाहिएको छ उनले भने, यो मेरो नाफाको जीवन हो, अवको यो बाँकी जीवन बागलुङका जनताको परिवर्तनका लागि बिताउने बताए ।

कार्यक्रममा बोल्दै उनले जनताको परिवर्तनको लागि म जनयुद्धको एक सिपाही थिए, त्यो बेला धेरै साथीहरू सहिद हुनुभो म बाचे यो मेरो नाफाको जीवन हो अब म बागलुङका जनताकै पक्षमा प्रतिबद्ध हुने छु ।

संयुक्त वामगठबन्धनले तमानखोला गाउँपालिका अन्तर्गत ५ नम्बर वडा खुङ्खानिमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू केन्द्रिय राजनीतिमा हुदा बागलुङको विकास निर्माणका काममा आफ्नो योगदान रहेको उल्लेख गर्दै पौडेलले अब बागलुङ जिल्लालाई समृद्ध बनाउन सबै वाम मिलेर जनता सामु आएको बताए । अहिलेसम्म केन्द्रिय तहमा पहुँच नपुग्दा बागलुङको पश्चिम् भेग पछि परेको हो, ढुक्क हुनुस अब त्यस्तो अवस्था आउदैन उनले भने ।

पौडेलले बोल्दै खुंङ्खानी देखि म्याग्दी साथै खुंङ्खानी देखि नर्जा सम्म नयाँ सडक संजाल जोडी त्यो सडकलाई कालोपत्रे गर्ने लक्ष रहेको बताउदै यस क्षेत्रका बिद्यालयलाई ब्यबस्थापन गरि उच्च शिक्षा र स्वास्थ, कृषि, खानेपानी लगायतका समस्याहरुको समाधानको लागि वामपन्थीहरुको सरकार आवश्यक छ त्यसको लागि वामगठबन्धनका उमेदवारलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेश २ ख का प्रदेश सभा सदस्य पदका साझा उमेदवार टेक बहादुर घर्ती, ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपाली, माओवादी केन्द्रका कुसुम बुढा, राजमोका धर्म कुवर दधिराम अर्याल लगायतलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *