बाम शक्तिको विजयवाट मात्र लोकतन्त्र संस्थागत हुन्छ – शर्मा

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ कात्तिक २२ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री दिनानाथ शर्माले पुष्पलालले ६ सालमा परिकल्पना गरेको कम्यूनिष्ट पार्टी अहिले वन्न लागेको वताएका छन् ।

संयुक्त वाम गठवन्धनको बडीगाड गाउँपालिका स्तरीय भेलाको सम्बोधन गर्दै शर्माले वाम शक्तिको विजयवाट मात्र लोकतन्त्र संस्थागत हुने वताए ।
शर्माले वाम एकता गर्दा छिमेकीहरुलाई टाउको दुखेको भन्दै वाह्य हस्तक्षप स्वीकार्य नहुन प्रष्ट पारे । प्रदेश र संघमा कम्यूनिष्ट सरकार भएमात्र जनताले राहत पाउने भन्दै शर्माले निर्वाचन पछि पार्टी एकिकरण हुने कुरामा शंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो।गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम खरेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक फमलाल न्यूरे, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास समिती केन्द्रिय सदस्य शुनिल सेरचन, नेकपा एमाले जिल्ला कमिटि विष्णु भुसाल, तारा खोला गाउँपालिकाका प्रमुख प्रकाश घर्ति, बडीगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाईजा लगाएतले वोलेका थिए ।

भेलाले निर्वाचन परिचालनको लागी विभिन्न उपसमितिहरुको गठन गरेको छ। त्यस्तै प्रत्यक वडामा पुग्ने गरि निर्वाचन सामाग्रि हस्तान्तरण गरेको छ। त्यस्तै भेलाले कार्तिक २४ गते वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय गरेको छ।

नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वडिगाड संयोजक शान्ति अधिकारीको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका मेख वहादुर पाइजाको स्वागत मन्तव्य तथा नेकपा माओवादी केन्द्रका राजिव घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *