मुक्तक : खुसीले उर्लेका भेलहरुलाई बार्ने छु अब

खुसीले उर्लेका भेलहरुलाई बार्ने छु अब
मेरो मनका ती चाहनालाई मार्ने छु अब
मन भित्र भित्रै गुम्सिएका रहरहरुलाई
झुठो आश्वासन देखाई टार्ने छु अब

यो स्वार्थी दुनियाँमा हारेको जिन्दगी
तिम्रो झुटो मायाँले बारेको जिन्दगी
देउ अझै कति दिन सक्छेउ चोटहरु
सुन जस्तै सयौँ पटक खारेको जिन्दगी

तिम्रा ती बाचाहरु जाल भयो आज
तिम्रो त्यो मुस्कान गाल भयो आज
दिनानु दिन बढ्दै थियो मायाँको रहर
तर त्यो रहर नदीको जस्तै छाल भयो आज

मेरो जिन्दगीमा कोही खास नहुँदा
बस्नको लागि कही बास नहुँदा
बाँच्नै मुस्किल भैराको छ मलाई
उहि पापिनीको याद विनास नहुँदा

तिमी आकाश भैदिए म धर्ती बनुला
तिमी मौसम भैदिए म प्रकृती बनुला
पुजा गर्नलाई आउँछन दुनियाँ सधै
तिमी मन्दिर भैदिए म मुर्ती बनुला

डम्मर बुढामगर
निसीखोला बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *