Menu

देशको समृद्धि र जनताको अधिकार सुनिश्चत गर्न नेपाली काँग्रेसले मात्र सक्छ – निरज पुन

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ कात्तक २१ । नेपाली काँग्रेसको चुनावी सभा निसीखोला गाउपालिका वडा नँ ४ झिवाखोलामा मँगलबार सम्पन्न भएको छ । आशन्न मँसिर १० को प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनलाई लक्षित गर्दे आफनो जित सुनिश्चत गर्ने उदेश्य सहित घरदैलो र आमसभा , अगुवा कार्यक्रता भेटघाटका कार्यक्रम गर्दे आएको काँग्रेसले आज निसिखोलाका जनतालाई उर्तादै बृहत आम सभा सम्पन्न गरेको हो ।

आयोजित कार्यक्रमलाई बाग्लुङ क्षेत्र नँ २ का प्रतिनीधि सभा उमेदवार नरबहादुर पुन (निरज)ले सम्बोधन गर्दे नेपाली काँग्रेस बिगतदेखि बर्तमान सम्म नेपाली जनताको मन–मस्तिष्कमा बसिसकेको पार्टी भएको बताउँदै देशको समृद्धि र जनताको अधिकार सुनिश्चत गर्न नेपाली काँग्रेसले मात्र सक्ने बताउँदै यसपटकको चुनाबमा पनी आफुहरुले जनताबाट राम्रो साथ पाउने दावी गरे ।

आफुले क्षेत्र नँ २ को रुपरेखा २०६४मा सांसद हुँदादेखि राम्रोसँग बझेको र भावी दिनमा कसरी बिकास गर्ने, जनताका सेवा सुबिधालाई कसरी स्थापित गर्ने ,यसक्षेत्रको जिवनस्तर उठाउन कस्ता कदम चाल्ने भन्ने बिषय आफुलाई पुर्ण हेक्का भएका कारण आफुलाई जनताले जित गराएमा आगामि पाँचबर्ष यस क्षेत्रको बिकास निर्माण, मध्यपहाडी लोकमार्ग, सालझण्डी सडक खण्डमा पर्ने आफनो कार्यस्तरमा नमुना शहर निर्माणको अबधारणाको बिकास र सम्भाब्यता अनुसार काम अगाडि बढाउने, स्वरोजगार मुकल कार्यक्रम, सँबिधान कार्यान्यन, लोकतन्त्रको रक्षाका निम्ती खटिने प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रममा प्रतिनीधि सभा क्षेत्र नँ २ ख उमेद्वार जितबहादुर शेरचनले बताउँदै आफु जनताको बिचमा लोभ लालच, र कुनै स्वार्थ लिएर नभई पुर्णरुपमा बिकास निर्माण, लोकतनत्रको रक्षा सँबिधान कार्यान्यनको नारा लिएर अगाडि बढेको बताउँदै आफुलाई मतदान गरी सहयोग गरिदिन स्थानीय मतदातालाई आब्ह्वान गरे । जनताले आफुलाई जिताएमा निसी, भुजि, तमान क्षेत्रम बिकास निर्माण, कृर्षि
, जलबिधुत, खनिज तथा आयमुलक श्रोतको पहिचान सँगै आर्थिक क्षेत्रको बिकास र युवा स्वरोजगार मुलक कार्यमा जोड् दिने बताए ।

त्यस्तै निवर्तमान सांसद तथा समानुपातिक उमेदवार ज्ञानकुमारी छन्तथयालले बोल्दै आफुले चारबर्षमा साविकको क्षेत्र नँ ३ मा आफुले सकेसम्म र भ्याएसम्म धेरै बिकास निर्माण तथा जनताको सुखदुखमा सहयात्रा गरेको बताउँदै आफुले गर्न नसकेका
कामको सुचि तयार पारेर अगाडि बढेको बताउँदै हुन बाँकिरहेको हरेक बिकास निर्माण अबको क्रममा आफुहरुले पुरा गरेर छोड्ने बताईन ।

नेपाली काँग्रेस निसीखोला गाँउपालीका संयोजक ईन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा, क्षेत्र नँ २ क्षेत्रिय सभापती तथा निर्वाचन परिचालन समितीका सम्योजक दोर्णकुमार कुवँरले बोल्दै नेपाली काँग्रेसको नेतृत्वमा समृद्धि, सान्ति र सँबिधान निर्माणहुने भएका कारण काँग्रेसका उमेदवारलाई मतदान गरी सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रममा निसिखोला गाँउपालीका प्रमुख तारानाथ पौडेल, उपप्रमुख शोभा कार्की, तमानखोला गाँउपालका प्रमुख जोकलाल बुढा, महाधिबेशन प्रतिनीधि सिँहबहादुर राना, टेकराज पौडेल , यामु पौवि, सागर छन्तयाल, राप्रपा क्षेत्रिय अध्यक्ष चक्रबहादुर मल्ल, निसिखोला गाँउपालीका सदस्य सुनिल बिक, लगाएतको आतिथ्यता एवम मन्तब्य रहेको थियो । कार्यक्रम नेपाली काँग्रेस निसीखोला ४ का सभापती राजमान बुढाको स्वागत नेबिसँघ केन्द्रिय सदस्य निरन चन्दको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *