काँग्रेसको चुनावी सभा सुखौरामा, पुर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्छु – खड्का

नारायण रिजाल, बागलुङ, २०७४ कात्तिक २१ । यही मसिंर १० गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन नजिकिदै जाँदा काँग्रेसका उम्मेदवारहरु मतदाता भेटन निकै व्यस्त देखिएका छन ।

बागलुङ क्षेत्र नंं १ प्रतिनिधि सभाका उम्मेदवार राज्यमन्त्री चम्पादेवी खड्का र क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार निर्वतमान सांसद प्रकाश शर्मा पौडेल मंगलबार बरेङ गाउँपालिका वडा नंं. ५ सुखौराका जनताहरु सँग भोट माग्दै घरदैलो गरेका छन ।

घरदैलो कार्यक्रम पश्चातको सभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार राज्यमन्त्री चम्पा देवी खड्काले आफुले जिल्लाको विकासका निम्ती पुर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा राखेको बताईन । उनले मुलुकमा आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनका लागि मतदातहरु सँग आग्रह गरेकी थिईन ।

खड्काले भनिन मेरो श्रीमानको सपना साकार पार्नका लागि म राजनीतिमा होमिएकी हुँ जिल्लाको विकासका निम्ती अहोरात्र खट्ने छु ।

त्यसै गरी क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार निवर्तमान पार्टि सभापति एवं सांसद प्रकाश शर्मा पौडेलले गल्कोट हुँदै सुखौरा सम्मको बाटाको ट्याक खोल्न जुन भुमिका निर्वाह गर्न सके यसको स्तरोन्नतीको लागि पनि त्यत्तीकै भुमिका निर्वाह गर्ने छु भने । उनले स्थानियलाई देखिएको खानेपानीको समस्यालाई आफुले तत्काल सम्बन्धित निकाय सँग समन्वय गरी पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जिल्ला सदस्य डिलप्रसाद शर्मा,नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबु, सामाजिक व्यक्तित्व लोकबिर दर्जि लगायतले गाउँको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताए ।

सो अवसरमा बरेङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष अमर बहादुर शेर्बुवाको संयोजकत्वमा १सय ५ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै मोहनकुमार थापको संयोजकत्वमा १सय १ युवा परिचालन कमिटि गठन गरिएको धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्माले बताए ।

कार्यक्रम नेपाली काँग्रेस सुखौराका सभापति झगबहादुर भट्टराईकोे अध्यक्षता, वडा अध्यक्ष अमर बहादुर शेर्बुजाको स्वागत र जिल्ला सदस्य एवं प्रचार प्रसार संयोजक हरि आचार्यको संचालनमासम्पन्न भएको थियो ।

सहकर्मी प्रदीप पन्तका अनुसार नेपाली काग्रेसको चुनावी अभियान सल्यानमा समेत सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै राज्यमन्त्री एवं बागलुङ क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार खडकाले सदरमुकाम देखि टाढा रहेको यस क्षेत्रको विकासको लागि आफुले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदा रुख चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरिन् ।
कार्यक्रममा क्षेत्र न १ प्रदेश (२ ) का उम्मेदवार एवं निर्वतमान सांसद प्रकाश शर्मा पौडेलले सल्यान भित्री वन हुदै गल्कोट हटियाको सडकलाई स्तरउन्नती गरि व्यापार व्यवसायलाई प्रभावकारी बनाउन पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेसका पुर्व सभापति एवं समानुपातिक उम्मेदवार मणिभन्द्र शर्मा कडेल,पुर्व उपाध्यक्ष जगदिशचन्द्र उपाध्यय,क्षेत्रीय सभापतिहरु नारायण शर्मा पौडेल,चिनरजिवि गौतम ,नेविसघंका उपाध्यक्ष डिल्लीराम सुबेदी,सहमहामन्त्री हरिहर शर्मा,नेपाल तरुण दलका अध्यक्ष उमाकान्त शर्मा बाबु,चन्द्रकोट गाउपालिकाका दुर्ण खत्री,धवालगिरी बहुमुखि क्याम्पसका स्ववियू सभापति मनिष थापा मगर,उपसभापति बालकृष्ण शर्मा,नेविसघं जिल्ला सचिव श्रीकृष्ण पौडेल,नेपाल तरुण दलका क्षेत्रीय सभापति दलबहादुर श्रीस राना,स्थानीय व्यक्ति प्रेम खत्री,नेका वडा सचिव डिल गौतमले बोलेका थिए ।
नेका वडा अध्यक्ष सभापति बिष्णुबहादुर खत्रीको अध्यक्षता,पुर्वमहाधिबेशन प्रतिनिधि बिष्णु खत्री बस्नेतको स्वागत र जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैवीच नेपाली काग्रेसका सभापति एवं नेपाली काग्रेस क्षेत्र न १ क का उम्मेदवार दिपेन्द्रबहादुर थापाले लोकतन्त्रको संस्थागत विकास र जिल्लाको समृद्धिको लागि नेपाली काग्रेसको जित आवश्यक रहेको बताएका छन् । बानपा १० भकुण्डेमा मंगलबार आयोजित घरदैलो एवं चुनावी अभियान कार्यक्रमको क्रममा उनले गाउ देखि केन्द्रसम्मको समग्र विकास गर्न नेपाली काग्रेसको नेतृत्व खाचो भएको आफुलाई विजयी गराउन आग्रह गरे ।

घरदैलो कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की,नेविसघंका जिल्ला अध्यक्ष खडक थापा,सिगाना पार्टी सभापति छमबहादुर कार्की,तित्याङ सभापति राजु थापा,रायडाडा सभापति थमबहादुर थापा,भकुन्डेका स्थानिय नेत्रराज शर्माले सबैले आ आफनो क्षेत्रबाट मतदान गरि नेपाली काग्रेसलाई निर्वाचित गराउन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *