जनताको सुख दुखको साथी काग्रेस भएका कारण रुख चिन्हमा मतदान गर्न अपील

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक २१ । नेपाली काँग्रसको चुनावी अभियान ताराखोला गाउपालिमा जारी रहेको छ । ताराखोला गाउपालिकाको अमरभुमि र अर्गलमा सञ्चालन गरिएको कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई आफ्नो जित हासिल गर्ने उदेश्य सहित उमेदवार , नेता, कार्यकर्ता सहितको टोलीले स्थानिय कार्यकर्ताहरु सँग भेटघाट गर्दै शान्ति समृद्धि र लोकतन्त्रको रक्षाका निम्ती नेपाली काँग्रेसको जित आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा प्रदेशसभा उमेदवार मञ्जेशबम मल्लले निर्वाचनमा नेपाली काँग्रसको जित हुनु आवश्यक भएको र काग्रेसले जिते मात्र स्थानियको आवश्यकता पुरा हुने बताए । मल्लले जनताको सुख दुखको साथी काग्रेस भएका कारण रुख चिन्हमा भोट गरि आफुहरुलाई बिजय गराउन आग्रह गरे ।

त्यस्तै गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगरले समुन्नत समाज निर्माण, लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनमा नेपालि काग्रेसले जित्नु आवश्यक भएको बताईन ।

कार्यक्रममा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्ज्ु शर्मा चालिसे, महासमिति सदस्य गंगाधर गौतम, प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, गलकोट नगरपालिका वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी, भिमकली श्रीस, श्यामभक्त कडेल र कमलापति पाठकको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *