Menu

गल्कोटका माध्यमिक विद्यालयहरुमा नेविसंघको ईकाई समिति गठनमा तिब्रता

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक २१ । नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसले गलकोट नगरपालिका भित्रका माद्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संद्यको ईकाइ समिति गठनको कार्यलाई तिब्रता दिएको छ ।

सरस्वती माद्यमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा सुनिल कुबरको अध्यक्षतामा २४ सदस्यीय ईकाई समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सरिता चोखाल, सचिवमा अनिल गैरे, सहसचिवमा सुमन क्षेत्री र कोषाध्यक्षमा रोशनी भण्डारी रहेका छन् ।

त्यस्तै महेन्द्र माद्यमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर २ नरेठाँटीमा लोकेन्द गैरेको अध्यक्षतामा ३१ सदस्यीय ईकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सरिता सुनार, सचिवमा शुसिल शर्मा, सहसचिवमा उमेश शर्मा र कोषाध्यक्षमा जानकी मल्ल रहेका छन् ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका सदस्य दिपक मल्ल र गलकोट बहुमुखी क्यापसका स्वतन्त्र बिद्यार्थी युनियनका सदस्य कमल परियारले नेपाल बिद्यार्थी संघको बारेमा जानकारी गराएका थिए ।

निर्वाचित सदस्यहरुलाई टिका लगाएर सम्मान गरिएको थियो । निर्वाचित सदस्यहरुले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि, सरसफाई, आन्तरिक क्रियाकलाप सञ्चालनलाई बिशेष ध्यानमा राखेर काम गर्ने बताएका छन ।

यसैबिच खरुवा माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ४ खरुवामा प्रकाश सुबेदीको अध्यक्षतामा ४१ सदस्यीय ईकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सोस्तिका गैरे, सचिवमा पार्वति सुवेदी, सहसचिवमा सलिना गैरे र कोषाध्यक्षमा मञ्जु खत्री रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *