अझै खुलेन मध्यपहाडी लोकमार्ग : दिउँसो ४ बजेसम्ममा खुल्ने संभावना

खर्वाङ २०७४ कात्तिक २१ । आज विहान सवेर बडीगाड गाउपालिकाको न्वार लब्दी खोलाको मोटरेबल पुल नजिक ना ३ ख ३७८५ नम्बरको मालबाहक ट्रकले घुम्ती काट्दा पल्टिएर दुर्घटना हुँदा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अझै सन्चालनमा आएको छैन ।

सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार आज दिउँसो ४ बजेसम्ममा अवरुद्ध लोकमार्ग सन्चालनमा आउन सक्ने गरी काम भैरहेको छ ।

दुर्घटनामा ट्रकमा सवार ५ जना भारतीय नागरिक घाईते भएका थिए भने एक जनाको अवस्था गम्भीर बताईएको छ । घाईतेहरुको ग्वालिचौर स्थित बडीगाड हस्पिटलमा उपचार भैरहेको छ ।

दुर्घटनामा परेको ट्रकमा ग्वालिचौरको खारबजारमा लाग्ने पौँदेलीहरुको साँस्कृतिक पर्व न्वागी मेलाका लागि ल्याईएका सर्कस, पीङ सहितका खेल सामाग्रीहरु थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *