Menu

हिरक महोत्सवका अवसरमा विद्यालयलाई झण्डै आधा करोड सहयोग संकलन

कौरव खत्री, बागलुङ २०७४ कात्तिक २१ । बागलुङ जिल्लाको एक बिद्यालयका लागि जापानका विभिन्न स्थानबाट झण्डै आधा करोड आर्थिक सहयोग संकलन भएको छ ।

गल्कोट नगरपालिका वडा नं. ८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सवका अवसरमा रु ४९ लाख, ७८ हजार, ७ सय, ४५ रुपैया संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले ईबागलुङलाई बताए ।

जापानका ओसाका, टोकियो, नागोयामा रहेका विद्यालयका ५० जना पूर्व विद्यार्थीहरुबाट आर्थिक रकम संकलन जुटेको शिक्षक सापकोटाले जानकारी बताए ।

विद्यालयले आफ्नो ६० बर्ष पूरा गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले बृहत रुपमा मनाउन गइरहेको हिरक महोत्सवलाई मध्यनजर गदै विद्यालयले जापानका विभिन्न स्थानहरुमा रहेका यस क्षेत्रका नेपालीहरुबाट आर्थिक संकलन अभियानलाई तिव्रता दिएको विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *