Menu

अपडेट: लब्दी खोला पुल नजिकै ट्रक दुर्घटना, ५ जना घाईते, मध्य पहाडी लोकमार्ग अवरुद्ध !

कमल पौडेल, खर्वाङ २०७४ कात्तिक २१ । मध्यपहाडी लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गतको बडीगाड गाउँपालिका वडा नं. २ को लब्दीखोला पुल नजिकै ना ३ ख ३७८५ नं. को माल वाहक ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परि ५ जना घाइते भएको र उनिहरुको बडीगाड हस्पिटलमा प्राथमिक उपचारको लागी पठाएको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले ईबागलुङ लाई बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा भारत घर वताउने ६२ वर्षिय कालिचरण कास्यप, दिल्ली का २३ वर्षिय अकवर खान, युपीका ३२ वर्षिया पंकज कुमार, दिल्लीका ३६ वर्षिय राहुल चौधरी, युपीका ४० वर्षिय इमरान खान रहेका छन्। घाइतेहरुको उपचार भैरहेको र घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ।

ट्रक वाटोमै पल्टिएकोले सडक अवरुद्ध भएको छ। रात्रि सेवाका बसहरु वाटोमै रोकिएका छन्। न्वागी मेलाको लागी सर्कस, पीङ सहितका सामाग्रि लिएर आएको ट्रक पुलको मुखैमा घुम्ती काट्ने क्रममा पल्टिएको थियो । मध्य पहाडी लोकमार्ग खुलाउने प्रयत्न भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *