Menu

काँग्रेसको चुनावी अभियान नारायणस्थानमा : बाँकी काम पुरा गर्ने मेरो दायित्व हो- पौडेल :

प्रदीप पन्त, बागलुङ २०७४ कात्तिक २१ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश २ को चुनावी अभियान नारायणस्थानमा सम्पन्न भएको छ ।

चुनावी अभियान अन्र्तगत घरदैलो तथा कार्यकर्ता भेटघाटमा बोल्दै बागलुङ क्षेत्र नं. र १ को प्रदेश सभा २ का उम्मेदवार एवं निवर्तमान सांसद, प्रकाश शर्मा पौडेलले आफुले बागलुङको बलेवा क्षेत्रको विकासका लागि अहोरात्र खटिरहेको र आउँदा दिनमा पनि जनताको माझमानै रहने बताए ।

उनले अघिल्लो कार्यकालमा कति काम पुरा भए र कति बाँकी छन त्यो काम पुरा गर्नेका लागि जनताहरुले पुन आफुलाईनै जिम्मेवारी दिनेमा विश्वास व्यक्त गर्दै स्थानिय पुर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

पौडेलले जिल्लाको विकासका निम्ती नेपाली काँग्रेसलाई भोट दिई काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि आग्रह गरे ।

कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य तथा क्षेत्र नं. १ प्रदेश २ का प्रचार प्रसार संयोजक हरि आचार्य, महासमिति सदस्य भिम श्रीष, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि डिल्लीराम सुवेदी, नेपाली काँग्रेसका पुर्व जिल्ला सदस्य कृष्ण बहादुर खत्री लगायतले बामपन्थीहरु काँग्रेस सँग पहिले पनि हारी सकेको र यो निर्वाचनमा पनि काँग्रेसकै बहुमत आउने बताए ।

नेपाली काँग्रेस बा.न.पा.१४ नारायणस्थानका कार्यबहाक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता वडा अध्यक्ष चक्रबहादुर खत्रीको स्वागत र क्षेत्रीय सदस्य नारायण श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरी उम्मेदवारहरुको टोलीले घरघरमा र कामको बेला भएका कारण खेतबारीमा समेत पुगेर मतदाताहरुसँग भोट मागि रहेका छन ।

यसैवीच नेपाली काँग्रसको चुनावी अभियान निसीखोला गाँउपालीका ५ र ६ निसिमा कार्यक्रता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आसन्न मँसिर १० गतेको प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनलाई आफनो जित हासिल गर्ने उदेश्य सहित उमेदवार , नेता, कार्यक्रता सहितको टोलीले स्थानिय कार्यक्रताहरु सँग भेटघाट गर्दे शान्ति समृद्धि र लोकतन्त्रको रक्षाका निम्ती नेपाली काँग्रेसको जित आबस्यक रहेको बताउँदै आ आफनो क्षेत्रबाट नेपाली काँग्रेसलाई जिताउने अभियानमा जुटन् कार्यक्रतालाई आग्रह गरिएको थियो ।

भेटघाट तथा घरदैलो कार्यक्रममा प्रतिनीधि सभा उमेदवार तथा प्रदेशसभा उमेदवार द्धय नरबहादुर पुन (निरज) र जित शेरचनले बोल्दै निर्वाचनमा नेपाली काँग्रसको जित आबस्यक रहेको बताउँदै समुन्नत समाज निर्माण, लोकतन्त्रको रक्षा र सँबिधान कार्यानयनमा नेपाली काँग्रसेको महत्वपुर्ण आबश्यकता रहेको बताउँदै समग्र पश्चिम बागलुङको बिकासका निम्ती आफुहरुको जित अपरिहार्य रहेको बताए । आफुहरुले चुनाब जितेमा निसीखोलाको बिकास र सम्भाबनालाई आबश्यक अध्ययन गरेर अगाडि बढाउने बताए ।

कार्यक्रममा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, क्षेत्रिय सभापती दोर्णकुमार कुवँर, निसीखोला गाँउपालिका प्रमुख तारानाथ पौडेल, उपप्रमुख सोभा कार्की, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, महाधिबेशन प्रतिनीधि टेकराज पौडेल, यामु पौवी, सिँहबहादुर राणा, सागर छन्त्याल लगाएतले मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *