ढोरपाटन नगरपालिकामा विपद् व्यवस्थापन समिति गठन

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक २० । ढोरपाटन नगरपालिकामा आज विपद् व्यवस्थापन समिति गठन गरिएको छ । ग्रह्र सरकारी संस्था युएसएआडी र सु—अहारा कार्यक्रम अन्तरगत नगरपालिका भित्र पर्ने प्राकृतिक प्रकोप न्यूनिकरण तथा प्रकोपमा परेकाहरुको उद्धार र व्यवस्थापनका लागि समितिको पहल रहने छ ।

नेपाल सरकारले जारी गरेको निर्देशिका २०६८ बमोजिम नगरपालिकामा गठन भएको यस समितिले नगरपालिमा भित्र पर्ने बिपद् र त्यसको व्यवस्थापनमा सरोकारवाला सहितको ३१ सदस्यीय समिति गठन भएको हो ।

निर्देशिका अनुसार नगरपालिकाका प्रमुख अध्यक्ष रहने व्यबस्था अनुसार देवकुमार नेपाली समितिको अध्यक्ष तथा नगरपालिकाका ९ वटै वडा अध्यक्षहरु समितिमा सदस्यमा रहेका छन् ।

यस्तै दलिय प्रतिनिधिहरु ४ जना, दलित प्रतिनिधि, रेडक्रस प्रतिनिधि, अपांगता भएको संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका तर्फबाट प्रतिनिधि, शिक्षक प्रतिनिधि, प्रहरी कार्यालय र स्वास्थ्य संस्थामा प्रतिनिधि, कृषि, पशुसेवा तथा स्थानीय जेष्ठ नागरिक, महिला प्रतिनिधि सहित सञ्चार प्रतिनिधि सम्मिलित समिति निर्माण गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, राजनैतिक पार्टि प्रतिनिधि, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि, सामाजिक व्यत्तित्व उपस्थित रहेको विपद् तथा प्रकोप व्यवस्थापन र न्यूनिकरण विधि एवं प्रकोपमा परेकाहरुलाई पुनस्थापन गर्ने विधिका विषयमा जानाकारी गराइएको थियो ।

बागलुङका यस अघि ५ वर्षसम्म सुअहाराले आफ्नो कार्यक्रम सञ्चालन गरिसकेको र गत वर्षदेखि तीन वर्षका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै गर्दा विपद व्यवस्थापन समिति गठन र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको सुअहारा प्रतिनिधि गुणराज श्रेष्ठले बताए । जिल्लाको विभिन्न ६ स्थानमा सुअहाराले विपद व्यवस्थापन सहितका कार्यक्रमका लागि ३६ लाख ४९ हजार ५ सय ४९ रुपैयाँ वजेट खर्च गर्ने कार्यक्रमका अवसरमा बताइएको छ । सुआहराले बागलुङमा पोषण सम्बन्धि कार्यक्रम, स्वस्थ खानेपानी, जलवायु परिवर्तनले प्रकृतिमा पार्ने असर र त्यसको न्यूनिकरण, विपद व्यवस्थापन तथा पुनस्थापना लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रमको सञ्चालन विश्वनाथ शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *