सिन्धुलीमा सवारी दुर्घटनाबाट चार जनाको मृत्यु

सिन्धुली २०७४ कात्तिक २० । फिक्कल गाउँपालिका–४ टर्कीबेशी स्थित भित्री सडकखण्डमा बा।७ च ३६९५ नम्बरको बलेरो पिकअप गाडी आइतबार उकालो चढने क्रममा दुर्घटना हुदाँ सोही ठाउँ बस्ने ४० बर्षीय अमरबहादुर दर्लामी, ४० बर्षीय रामप्रसाद बराल, ५९ बर्षीय दिपबहादुर मगर र ६० बर्षीय नरबहादुर बलपाँखीको मृत्यु भएको छ ।

दुर्घटनामा दर्लामी र बरालको घटनास्थलमै, मगर र बलपाँखीको शुभ जीवन अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको थियो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *