मुसिकोट नगरपालिकामा ढुंगाले लागेर पौडेल र पुलबाट हामफालेर बिष्टको मृत्यु

गुल्मी २०७४ कात्तिक २० । गुल्मीका मुसिकोट नगरपालिकामा माथीबाट खसेको ढुंगाले लागी एक जनाको ज्यान गएको छ । मुनपा ५ ईन्द्रेगौँडा बजारमाथि बाट खसेको ढुंगा लागेर करिब ४५ वर्षिय मुमिश्वर पौडेलको मृत्यु भएको हो ।

ईन्द्रेगौँडा माथि डोजरले पल्टाएको ढुंगाले गालेर पौडेलको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

यसैवीच मुसिकोट नगरपालिका ५२ वर्षिय डिल्लीबहादुर विष्टको पुलबाट हाम फालेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम जिल्लाको मुसिकोट नगरपालिका १४ का विष्टले आईतवार छिवाङ पुलबाट सानो भेरीमा हाम फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा सानी भेरी गाउँपालिका–३ बेल्तापु भन्ने स्थानमा उनलाई मृत अवस्थामा फेला पारेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *