टेक्नोगोल डट नेटले साइबर अपराध सम्वन्धी चेतनामूलक कार्यक्रम सन्चालन गर्ने

हरि रिजाल, बागलुङ २०७४ कात्तिक १९ । पछिल्लो समय बागलुङ जिल्लामा साइबर अपराध सम्बन्धी समचार प्रकाशमा आउन थालेपछी यस अपराध अन्त्य गर्न बागलुङमा रहेको टेक्नोगोल डट नेटले आगामी पसु महिना सम्ममा जिल्लामा रहेका प्रत्येक बिद्यालयमा साइबर सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

टेक्नोगोल डट नेटका प्रमुख राजन रेग्मीले आफ्नो साइट सार्वजनिक गर्दै जिल्लामा रहेका सबै निजी तथा सामुदायिक बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने जानकारी गराए । रेग्मीका अनुसार मंसिर १० मा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन भएकोले यो कार्यक्रम मंसिर १५ गतेबाट जिल्लाका बिभिन्न बिद्यालयमा हुने भएको छ ।

जिल्लाका सबै बिद्यालयलाई साइबर क्राइम मुक्त बनाउने लक्ष्यका साथ अभियानको थालनी बागलुङको आदर्श विद्या मन्दिर स्कूल बाट गर्ने योजना रहेको समेत रेग्मीले बताए । बिद्यालयमा हुने सचेतना कार्यक्रममा खासगरी साइबर अपराध कस्तो हो रु, अपराधबाट जोगिन के के गर्नुपर्छ रु, कस्ता खालका अपराध साइबर अपराध भित्र पर्छन रु, यसको कानुनी उपचार कस्तो छ रु, आदि विषयमा बिद्यार्थीहरुलाई सचेत गराउने टेक्नोगोलका अर्का अभियन्ता सन्देश बोगटीले बताए ।

“सचेत बन्दै सुरक्षा अबस्थासँग निरन्तर सम्पर्कमा रहिरहुँ” भन्ने नाराका साथ सञ्चालन हुने सचेतना कार्यक्रम जिल्ला प्रहरी कार्यलय बागलुङ तथा जिल्ला शिक्षा कार्यलय बागलुङ सँगको सहकार्यमा हुने बोगटीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *