बामपन्थीहरुले एकदलीय तानशाह निम्ताउन खोजेको रत्ना शेरचनले लगाईन आरोप

नारायण रिजाल बागलुङ २०७४ कात्तिक १९ । नेपाली काँगेस बागलुङ क्षेत्र नं. १ को चुनावी अभियान तथा घरभेट कार्यक्रम आज बागलुङ नगरपालिकाको पैयुँपाटामा सम्पन्न भएको छ ।

चुनावी अभियानलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले देशमा कम्युनिष्टहरुको शासन हाबी भयो भने प्रजातन्त्र खतरामा पर्ने बताईन । उनले बामपन्थीहरुले एकदलीय तानशाह निम्ताउन खोजेको समेत आरोप लगाईन । अहिलेको परिवेशमा कम्युनिष्टहरु काँग्रेस सँग प्रतिपर्धा गर्न नसकेर एक भएको भन्दै मुलकमा लोकतन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्ने हुँदा सबै जनतालाई काँग्रेसको पक्षमा लाग्न आग्रह गरीन ।

कार्यक्रममा काँग्रेसका निर्वतमान पार्टी सभापति एवं क्षेत्र नं. १ (२)का उम्मेदवार प्रकाश शर्मा पौडेलले आर्थिक विकास र देशको निकासको लागि रुख चिन्हमा मतदान गर्नुपर्ने बताए । उनले बलेवा क्षेत्रको भैरव स्थान, मुलाबारी लगायतका क्षेत्रलाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने बताए ।

कार्यक्रमममा नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, निवर्तमान उपसभापति तथा महासमिति सदस्य, जगदिश चन्द्र उपाध्याय, महासमिति सदस्य, भिम श्रीष, जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, नेपाल विद्यार्थि संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी , क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष दलबहादुर श्रीष राना लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्र बहादुर खत्रीको अध्यक्षता, उपसभापति नरप्रसाद रिजालको स्वागत र सचिव एकनाथ रिजालको संचालनमा सम्पन्न भएको थियो । त्यसै गरी आईतबार नै नारायणस्थान र अमलाचौरमा उम्मेदवार सहितको टोलीले घरदैलो तथा कृषकको खेतबारीमा समेत पुगेर प्रचार प्रसार अभियानलाई तिब्र पारिरहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *