Menu

गल्कोट माबिमा नेपाल बिद्यार्थी संघको ईकाइ गठन

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक १९ । गलकोट माद्यमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ३ मा नेपाल बिद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापस ईकाई समितिका अध्यक्ष अर्जुन खत्रीको अध्यक्षतामा सञ्चालन गरिएको भेलाले लिला अधिकारीको अध्यक्षतामा ५० सदस्यीय ईकाइ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा मिन बहादुर बुढाथोकि, सचिवमा सारदा खत्री, सहसचिमा सुमन क्षेत्री र कोषाध्यक्षमा सगुन चोखाल रहेका छन् ।

आगामि मंसिर १० गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभालाई लक्षित गरि समिति गठन गरिएको नेपाल बिद्यालय संद्य बागलुङका सदस्य समुन्द्र खत्रीले बताए ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले एक बिद्यार्थीमा दुख पर्दा अर्काे बिद्यार्थीमा सहयोगको भावनमा आएमा मात्र बिदार्थी एकता भन्नुको सार्थकता भएको बताएका थिए ।

निर्वाचित सदस्यहरुले आफुले पाएको जिम्मेबारी अनुसार बिद्यालयको शैक्षिक, भौतिक, आर्थिक, बिकासका बारेमा शसक्त भएर लाग्ने बताएका नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका सदस्य दिपक मल्लले बताए ।

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिको निर्णय अनुसार गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका प्रत्येक माद्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संघ गठन गरिने नेपाल बिद्यार्थी संद्य गलकोट बहुमुख क्यापसका सदस्य नारायण बस्नेतले बताए ।

त्यसैबिच भोलि गलकोट नगरपालिका वाड नम्बर ४ को खरुवा माद्यमिक बिद्यालय र वाड नम्बर २ को महेन्द्र माद्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संद्यको ईकाइ समिति गठन गरिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *