Menu

पाण्डबखानीमा काग्रेसको भेटघाट कार्यक्रम सम्पन्न

सुरेश छन्त्याल, गल्कोट २०७४ कात्तिक १९ । नेपाली काग्रेस बागलुङ क्षेत्र नम्बर २ प्रदेश १ को चुनावी भेटघाट कार्यक्रम गलकोट नगरपालिका वाड नम्बर १० पाण्डवखानीमा सम्पन्न भएको छ ।

नेपाली काग्रेस गलकोट नगरपालिका १० पाण्डबखानीका सभापति देवराज पुनको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले पाण्डवखानी सास्कृतिक हिसाबले जिल्लाकै नमुना गाउ भएकाले त्यहाँको सस्कृति संरक्षण गर्नका लागी महत्वपुर्ण भुमिका खेल्ने बताए । बिकास निर्माण सँगै परम्परागत सस्कृतिहरुलाई जर्गेना गर्नतर्फ आफुले ध्यान केन्द्रित हुने भन्दै मल्लले रुख चिन्नमा भोट गरि आफुहरुलाई जिताउन आग्रह गरे ।

सह सचिव दिप घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गलकोट नगरपालिकाका उप प्रमुख रेनका काउचा मगर, निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ प्रदेश १ का संयोजक फम खत्री, बसन्त केसी, भिमकली श्रीस,पाण्डबखानी वाड अध्यक्ष तिलक घर्ती, समाजसेवी मानसिह छन्त्याल, रामप्रसाद वि.क, निपाल बिद्यार्थी संद्यका चुनाव प्रचार प्रसार समिति सदस्य सुरेश छन्त्याल ,राधिका पुन, धनबहादुर सुनार,गनेश शेरचर लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा २ सय ५५ सदस्यीय महिला संघ, नेवि सघ, तरुण दल, भुपु सैनिक संघ गठन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *