चन्द्र बुढा सागरको चुनावी कार्यक्रम मनेवामा

बिमल खड्का, गल्कोट २०७४ कात्तिक १९ । वाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ अन्तरगत मनेवामा भएको छ ।

गल्कोट नगरपालिका वडा नम्बर–११ रिघाको मनेवा मा भएको चुनावी कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार चन्द्रबहादुर बुढा सागरले आफु जनताको माझमा पहिले पनि भावना साटासाट गरेकाले यस ठाउँमा के कस्तो बिकाशको आवश्यक छ भन्ने आफुलाई थाहा भएकाले योजनाबद्ध रुपले बिकाश गर्ने बताए ।

अहिले सम्म नेपाली जनताले बलिदान गरेपनि जनताको माझमा अझै खुसि छाउन नसकेकाले यस पटक बन्ने बाम गठबन्धनको सरकारले जनताको मुहारमा खुसि ल्याउने बिश्वास व्यक्त गरे । उनले धार्मिक सास्कृतिक र पर्यटकीय क्षेत्रको विकाश गरि यसको संरक्षण गर्नुपर्ने आवश्यकता छ,’ ‘गाउँ घरका बास्तविका समस्या समाधानका लागि तपाईसँगै हाते मालो गरेर अघि बढ्छु । जनताको हक हितकै पक्षमा काम गरेर यस ठाउँलाई नमुना बनाउने बताउदै आफ्नो क्षेत्रमा वाम गठबन्धनको पकड बलियो रहेको भन्दै जित सुनिश्चित रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *