जोशी बिरुद्ध स्वतन्त्र उमेदवारी दिएर सनसनी मच्चाएका पौडेलले आज नाम फिर्ता लिए !

महेन्द्र केसी, पर्वत २०७४ कात्तिक १९ । मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्यको दोश्रो चरणको निर्वाचनमा पर्वत जिल्लामा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार निवर्तमान सांसद अर्जुन प्रसाद जोशीका बिरुद्ध स्वतन्त्र उमेदवारी दिएर सनसनी मच्चाएका राम शर्मा पौडेलले अन्तत: आज नाम फिर्तालिएर काँग्रेस भित्रको भाँडभैलो शान्त पारेका छन् । उनी लुसुक्क हेलिकप्टरमा आएर सुटुक्क फर्किएका छन् ।

स्वतन्त्र उमेदवारी दिएका पौडेल हिँजो सम्म निकै आक्रमक देखिएका थिए । उनले पत्रकार सम्मेलन गरेरै कुनैपनि हालतमा आफनो उमेदवारी फिर्ता नगर्ने अडान व्यक्त गरेका थिए । उनले पत्रकार समक्ष जोशी परिवारका विरुद्ध विषवमन गर्दै आफनो उमेदवारीलाई काँग्रेसको बागी नभै नेपाली काँग्रेसको अधिनायकबादको बिरुद्ध स्वतन्त्र उमेदवारी बताएका थिए । तर आज २४ घण्टा नबित्दै उनले आफनो उमेदवारी फिर्ता लिएर सबैलाई चकित पारेका छन् ।

पर्वत काँग्रेस भित्रको मनमुटाव सतहमा छताछुल्ल भएको छ । अन्तिम समयमा प्रदेशसभा सदस्यको उमेदवारबाट ऋषिकेश तिवारीको नाम काटिनु, राम शर्मा पौडेल जस्ता पुराना कार्यकर्ताले स्थान नपाउनु, बसन्त सीके जस्ता विव्दान पाखा पर्नु आदि विषय काँग्रेस बृत्तमा निकै चर्कोरुपमा उठेको बेला स्वतन्त्र उमेदवार बनेका पौडेल हेलिकप्टरमा आएर मनोनयन फिर्ता लिएपछी बिबाद मत्थर हुन पुगेको काँग्रेसीहरु बताई रहेका छन् ।

पौडेलको मनोनयन फिर्ता पछी अर्जुन जोशीलाई राहत महसूस हुनु स्वभाविक भएको काँग्रेसबृत्तमा टिप्पणी भैरहेको छ ।

हिँजो पत्रकारवीच के, के बोले राम शर्मा पौडेलले सुनौँ….

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *