संयुक्त बाम गठबन्धनको धम्जामा चुनावी सभा सम्पन्न

सिर्जना पन्त, बागलुङ २०७४ कात्तिक १९ । संयुक्त बाम गठबन्धनले काठेखोला गाउँपालिका–३ धम्जाको माझकटेरामा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोदन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार मनकुमारी केसीले सम्वृद्ध र सवल नेपाल निर्माणको लागि बामपन्थी गठबन्धनका उमेदवारहरु प्रतिवद्ध रहेका अत्याधिक मतले बामपन्थी उमेदवारहरुलाई विजयी गराउन आग्रह गरिन् ।

कार्यक्रममा निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर १ का संयोजक तथा पूर्व राज्य मन्त्री रामजीप्रसाद शर्माले गाउँ र नगरमा सामाजिक–आर्थिक रुपान्तरण र विकासको अभियानमा लागेका बामपन्थी उमेदवारहरुलाई निर्वाचनमा विजयी गराउँन आग्रह गरेका थिए ।

सभामा राष्ट्रिय जनमोर्चा समर्थक युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, नेकपा एमालेका स्थानिय नेता बाबुराम भण्डारीले पनि बोलेका थिए । सभा वडा अध्यक्ष यमबहादुर श्रीषको अध्यक्षता, नेपाल राष्ट्रि शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्दबहादुर भण्डारीको स्वागत तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै धम्जाकै द्वारामा पनि संयुत्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *