छोरी बचाईदिन गुल्मीकी चेलीव्दारा सहयोगको आग्रह !

शंकर भुसाल गुल्मी २०७४ कात्तिक १९ । गुल्मीकी चेली सपना नेपालीको बच्चा जन्मेको ५ महिनापछि टाउकोमा ट्युमर भई सानो रकमले उपचार सम्भव नभएपछि आफ्नो बच्चा बचाईदिन अनुरोध गरेकी छन् ।

सपनाको बच्चाको अहिले उमेर तिन बर्ष पुग्यो उपचार गर्दा पनि निको भने अझै हुन सकेको छैन ।“नेपालका धेरै ठाउँमा उपचारका लागी प्रयास गर्यौ तर सानो रकमले उपचार सम्भव नभएपछि यसरी उपचार खर्च जुटाउँदै हिँडेका छौँ बच्चाकी आमा सपनाले भनिन् ।

गुल्मीको मुसिकोटकी सपनाको बिवाह बुटवल मजुवामा १७ बर्षक उमेरमा भएको हो । उनको पहिलो बच्चा जन्मेको पाँच महिना भएपछि टाउकोमा पानी जम्न सुरु गर्यो ज्याला मजदुरी गर्ने उनका श्रीमानले बच्चाको उपचारका लागी खर्च जुटाउन नसके पछी अहिले गाउँ सहरमा पैसा संकलन गर्दै हिँडिरहेका छन् । उनको अर्को पनि बच्चा छ । दुई बच्चा बोकेर गाउँ गाउँ गहभरी आँसु पार्दै हिँडेकी सपनाले भन्छिन् “यो आपत छ सहयोग का लागी माईत जाउँ भने आमा बुवा नै हुनुहुन्न उपचार खर्च दिनुस भनेर कसको दैलो ढक ढक्याउँ ? ,अनि म र श्रीमान सँगै बच्चा बोकेर सहयोगका लागी हिँडेका हौँ ।

“५ बर्ष सम्म पनि उपचारका लागी खर्च सँकलन गर्न सकेनौँ ,मेरो बच्चा बाँचेको हेर्न चाहान्छु । तपाईहरुको थोरै पनि सहयोग मिल्यो भने मेरो छोरी पक्कै बाँच्नेछ ।” सपनाले आफनो दर्द यसरी पोख्छिन्।

देश तथा बिदेशमा रहनुभएका नेपालीहरुले बच्चाको उपचारमा सहयोग गर्न चाहानेले उनको फोन नं ९८६१७३९२२९ मा सम्पर्क गरि रकम सँकलन गरि उपचारका लागी रकम जुटाईदिन पनि उक्त दम्पतीले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *