बैकुण्ठ चतुर्दशीमा गुल्मीको मालिका देवीको मन्दिरमा श्रद्धालुहरुको भीड

कौरव खत्री, गुल्मींं २०७४ कात्तिक १९ । गुल्मीमा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा शनिबार विहानैदेखि मालिका देवीको दर्शन गर्ने तथा पुजाआरधना गर्ने श्रद्धालुहरुको घुइचो लागेको थियो ।

यस क्षेत्रकै प्रशिद्ध मानिने मालिका देवीको दर्शन गरि बर माग्दा आफ्नो मनोकाङक्षा पुरा हुने धार्मिक जनविश्वास रहदै आएको छ ।

प्रत्येक बर्ष शिब बैकुण्ठ चतुदर्शीको अबसरमा मालिका मन्दिरमा विशेष मेला माहेत्सव पुजाआरधा,आफ्ना भाकलहरु चढाउने र मालिकादेवी दर्शन र सँगै मालिका मेलाको अवलोकन र मनोरञ्जनको लागि परम्परादेखि नै उल्लेख्य मात्रमा दर्शनार्थीहरुको आउने प्रचलन रहदै आएको छ ।

हिँजोको दिनको महत्वलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी बागलुङ र अर्घाखाची लगायतका जिल्लाका स्थानहरुबाट शुक्रबार साँझदेखि नै कोही गाडीको माध्यमबाट त कोही पैदल यात्रा गरि हजारौँ श्रद्धालु भक्तजनहरु मालिका देवीको दर्शन गर्न आउने गछन् ।

मालिका देवीको दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुको घुइचोले मालिका क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल, पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोबार गरेका छन् ।

यस्तै मालिका मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरुलाई सहज रुपमा मालिकादेवीको दर्शन गर्न उचित व्यवस्थापन गरिएको मन्दिर समितिका अध्यक्ष झविराम शर्माले जानकारी दिए ।

साथै अध्यक्ष शर्माले भने आज आईतबार देखि नै मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तिका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको जानकारी दिए । मालिकामा शिव बैकुण्ठ चतुर्दर्शीका अवसरमा गुल्मी तथा बागलुङ र अर्घाखाँची समेत गरि झण्डै १० हजार जना दर्शनार्थीहरुले मालिका मन्दिरको दर्शन गरेको मन्दिर समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *