साताको तस्वीर : छानाभरी सोलार !

बागलुङ जिल्लाको बडीगाड गाउपालिका, साबिक जलजला गाविसको रमणीयता लोभलाग्दो छ । डाँडा काँडा, भीरपाखाले भरिएको जलजला प्राकृतिक सौन्दर्यले पनि भरिभराउ छ ।

जलजलाको झुलेडाँडा देखी टाढाटाढा सम्म देखिने प्राकृतिक सौन्दर्य पनि त्यत्तिकै मनमोहक लाग्छ । शिवधुरी, सिसाखानी र जलजलाको सीमानामा रहेको बस्ती र चारै दिशामा उभिएको डाँडाहरुको दृश्यले कस्को मन नहर्ला ?

यतिमात्र होईन, जलजलाको झुलेडाँडाका प्राय: सबै घरहरुका छानामा सोलार जडान गरिएको छ । यसले स्थानीयलाई बिद्युत आपुर्तिमा सहजता त दिएकै छ, स्थानीय स्लेट ढुंगाको छाना भएका घरका छानाहरुमा जडान गरिएका सोलारले पनि जलजलाको सौन्दर्य बृद्धि गरेको छ ।

जलजलाकाे झुलेडाडाबाट देखिने मनाेमहक दृश्य !
जलविद्युत आयोजनाहरु निर्माण नहुँदाको समय देखी त्यस्को बिकल्पका रुपमा जलजलाबासीले सोलारबाट बिद्युत आपुर्ति गर्दै आएका हुन् । अहिले जलजलाको जताततै विद्युत आपुर्तिको सुविधा पुगेको छ । तर जलजलावासीले घरका छानामा जडित सोलारहरु हटाएका छैनन् ।

‘कहिले कसो बिद्युत आपुर्ति नहुँदाका बखत हामीले सोलारबाटै काम चलाउछौँ. स्थानीय भन्छन्, ‘त्यसैले सोलार घरका छानामा राखेका छौँ ।’

प्रस्तुति: बिमल खड्का
जलजला, बागलुङ ।
२०७४ कात्तिक १९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *