Menu

बाम गठबन्धन प्रचार अभियानमा भिमपोखरा

कोपिला कंडेल, बागलुङ २०७४ कात्तिक १८ । प्रदेश र प्रतिनिधी शभाको निर्वाचनका लागि संयुक्त बाम गठबन्धनको चुनावी अभियान अन्र्तगत आज भिमपोखरामा प्रदेश नम्वर १ का प्रत्यक्ष तर्फका संयुक्त बाम उम्मेद्वार ईन्द्रलाल साप्कोटा सहितको टोलीले घरदैलो तथा बिभिन्न ठाउमा चुनावी शभा सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य मना केसीले मुलुकको सम्मृद्धि र बिकासका लागि संयुक्त बाम उम्मेद्वारलाई अत्याधिक मतका साथ बिजयी गराउन आग्रह गरिन् ।

त्यसैगरी प्रदेश नम्वर १ क का उम्मेद्वार एबं नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल साप्कोटाले भिमपोखरामा रहेका धार्मिक एबं पर्यटकीय सम्भावना र लगायत भौतिक संरचनाको मर्मत तथा संरक्षण कृषि उपजको राम्रो ब्यवस्थापनका लागि आफुले स्पष्ट खाका तयार गरेको बताए । साप्कोटाले भिमपोखरा लगायत समग्र जिल्लाको बिकासका लागि आफ्नो तर्फबाट सक्दो कोशिस गर्ने भन्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा छाप लगाई भारी मतका साथ बिजयी गराउन आग्रह गरे ।

कार्यक्रममा संयुक्त बामगठबन्धन निर्वाचन परिचालन कमिटिका संयोजक रामजी प्रसाद शर्मा, माओबादी केन्द्रका यज्ञवल्लभ शर्मा, राष्ट्रिय जनमोर्चाका तीलक थापा, पुर्व प्रचार बिभाग प्रमुख हरिनारायण गौतम, काठेखोला गाउंपालिकाका निर्वाचन परिचालन कमिटिका संयोजक डिल्लीराज गौतम, गाउंपालिका प्रमुख अमर थापा, दिपक गौतम, नेकपा एमाले जिल्लासचिवालय सदस्य टीकाराम सापकोटा, सविना शर्मा, गंगा व हमाल, उदयचन्द्र चपाई शोभाखर निउरे, गंगा शर्मा, विद्यापति शर्मा, राम प्रसाद शर्मा लगायतले आगामी निर्वाचनमा बाम गठबन्धनलाई भारी मतका साथ बिजयी गराउनुपर्ने बताएका थिए ।

यसैगरी काठेखोला गाउंपालिका ५ साप्कोटा चोकमा संयुक्त बाम गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । आगामी प्रदेश र प्रतिनिधी शभा निर्वाचनमा क्षेत्र नम्वर १ प्रदेश शभा क का उम्मेद्वार ईन्द्रलाल साप्कोटा र प्रतिनिधी शभाका उम्मेद्वार डा. सुर्य पाठकलाई बिजयी गराउनका लागि कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालयको उद्घाटन प्रदेश र प्रतिनिधी शभा निर्वाचन परिचालन कमिटिका जिल्ला संयोजक रामजी प्रशाद शर्माले गरेका थिए । उद्घाटन पछि बोल्दै उनले बिहुकोटमा रहेको शिवालय मन्दिर एबं बिहुकोट लगायत धार्मिक क्षेत्रको बिकास र संरक्षण गर्न एबं समग्र बिहु लगायत बागलुङ बिकासको लागि बामपन्थीहरुले स्पष्ट खाका तयार गरेकाले बहुमतका साथ बिजयी गराउन आग्रह गरे ।

ो अवसरमा नेकपा एमालेका बालकृष्ण कंडेल, माओबादी केन्द्रका लिलाधर कंडेल, राष्ट्रिय जनमोर्चाका पृथ्वीराज कंडेल, नन्दलाल बिक, कोपिला पुन, सुरेस बिक लगायतले मन्तब्य ब्यक्त गरेका थिए । काठेखोला गाउंपालिका वडा नम्वर ५ का प्रचार प्रसार संयोजक अध्यक्ष दिल्ली प्रसाद कंडेलको अध्यक्षता सदस्य प्रेम पुनको स्वागत मन्तब्य र सचिव भिम बहादुर बिकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *