म्याग्दी मंगलाका कटुवाल मृत अवस्थामा फेला

म्याग्दी २०७४ कात्तिक १८ । मंगला गाउँपालिका–२ बाबियाचौर कोटडाँडा बस्ने ५१ वर्षीय कृण्णबहादुर कटुवाल शुक्रबार घरबाट हिँडेकोमा घर नफर्केपछि खोजी गर्नेक्रममा बाबियाचौर कोत्रबाङस्थित बाटोबाट खसेर मृत्यु भएको अबस्थामा शनिबार फेला परेका छन् ।

धादिङको गजुरी गाउँपालिका–१ स्थित त्रिशुली नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी करीव १९ वर्षीया महिलाको शव शुक्रबार फेला परेको छ ।

नवलपरासीको सरावल गाउँपालिका–७ मुझरहिया क्षेत्रमा मागी खाई हिँडने गरेका हाल नाम, थर, बतन नखुलेका करीव ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ बस्ने ६६ वर्षीया निमाछिरी शेर्पा कात्तिक १५ गतेदेखि हराई बेपत्ता भएकोमा खोजी गर्दै जाँदा सोही ठाउँस्थित लिखु खोलामा शुक्रबार उनको शव फेला परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *