डोटीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, २०७४ कात्तिक १८ । डोटी जिल्लाको केआईसिंह गाउँपालिका–३ देउरालीमा सिस्टटारबाट दिपायलतर्फ जाँदै गरेको से।१ ज २६५ नम्बरको जिप शनिबार दुर्घटना हुँदा जिपमा सवार ११ जनामध्ये चालक सोही गाउँपालिका–१ बस्ने ५५ वर्षीय खेमराज ओझा, आदर्श गाउँपालिका–१ बस्ने १९ वर्षीया अनिता खड्का र अर्का १ जना समेत गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ चजे अन्य ८ जना घाइतेलाई उपचारको लागि दिपायल शैलेश्वरी पोलिक्लनिक पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर र ५ जनाको सामान्य रहेको छ ।

यसैवीच रुकुम जिल्लाको पुथाउत्तर गंगा गाउँपालिका–११ तल्लोसेरामा बा।३ ख ४२१७ नम्बरको टिफर शुक्रबार दुर्घटना हुँदा घाइते भएका सुकदह गाउँपालिका–२ बस्ने २४ वर्षीय सलेन बुढाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा टिफर चालक सोही ठाउँ बस्ने ३० वर्षीय पोष बिक लगायत ६ जना गम्भीर घाइते भएपछि उपचारको लागि उक्त अस्पताल लगिएकोमा उपचारको क्रममा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–८ फिनामटारमा ग।१ त ४५४३ नम्बरको ट्याक्टरले किचेर शुक्रबार अनमोल बिक नाम गरेका बालकको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरका चालक गोरे गुरुङले चलाउदै गरेको अवस्थामा ट्याक्टरमा सवार सिरानचोक–५ ढिस्का बस्ने १३ वर्षीय अमोल बिकले न्युट्रल बटन थिच्न जाँदा ट्याक्टर अनियन्त्रित भई सडकबाट करीव २ सय मीटर खस्दा ट्याक्टर चालक र सहचालक घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल गोरखा पठाइएको र अवस्था गम्भीर रहेको छ ।

उता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ तेह्रकिलोस्थित अरनिको राजमार्गमा बा।२ ख ५४२६ नम्बरको बस शनिबार ब्रेकफेल भई दुर्घटना हुँदा सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ बस्ने ३० वर्षीया सुमित्रा तामाङ लगायत ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि सदाबहार अस्पताल खाडिचौरतर्फ पठाइएको छ । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर र अन्यको सामान्य रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *