Menu

काँग्रेस मात्र देशको लोकतान्त्रिक शक्ति भएकोले लोकतन्त्रको रक्षाका लागि काँग्रेस आवश्यक !

छबिलाल पाण्डे, खर्बाङ २०७४ कात्तिक १८ । नेपाल शिक्षक संघ बडीगाड गाउँपालिकाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशसनको उद्घाटन गर्दै नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले यो निर्वाचनमा मातृ पार्टी नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि शिक्षकहरु पनि भूमिका खेल्नुपर्ने बताए । लोकतन्त्र धरापमा पर्ने संकेत देखिएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको जीत आवश्यक रहेको र नेपाली काँग्रेस मात्र देशको लोकतान्त्रिक शक्ति भएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं समानुपातिक उम्मेदवार मणिभद्र शर्मा कँडेल, काँग्रेस जिल्ला सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, बागलुङ क्षेत्र नम्बर २ प्रदेश (१) का उम्मेदवार मञ्जेश बम मल्ल, गल्कोट नगरपालिका प्रमुख भरत गैरे, नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, सहमहामन्त्री हरिहर शर्मा, काँग्रेस महाधिवेशन प्रतिनिधि गणेश सापकोटा, शिक्षक संघका उपाध्यक्ष डिल्लीराज अर्याल, पूर्व जिल्ला अध्यक्ष सागर खरेल, अर्थ सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्र, तरुणदल जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, शिक्षक संघका केन्द्रीय प्रतिनिधि देवेन्द्र खत्री लगायतले मन्तव्य राखेका थिए ।

नेपाल शिक्षक संघ बडीगाड गाउँपालिका संयोजक दीननाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु आचार्यले गरेका थिए । अधिवेसनले दिननाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तीलबहादुर थापा, भगवती मल्ल, सचिवमा कमल खरेल, अर्थ सचिवमा विरेन्द्रप्रताप केसी, सहसचिव घनश्याम घर्ती, शोभा चालिसे, अर्थ सहसचिव रीता केसी, उपसहसचिव समावेसीतर्फ शंकर परियार, उपसहसचिव डिलमाया राना रहेका छन् । सदस्यमा ऋषिराम भण्डारी, यदुमणी खरेल, प्रेम घर्तीमगर, पूर्णबहादुर विक, मिराकुमारी पेमी, खिमबहादुर थापा, अनिता पाण्डे, मिनाकुमारी बुढा र थानेश्वर अर्याल रहेका छन् ।

यसैवीभ नेपाल शिक्षक सँघ ढोरपाटन नगरपालीकाको प्रथम अधिबेशन शनीबार सम्पन्न भएको छ । स्वतन्त्र शिक्षक, युगानुकुल शिक्षा, लोकतन्त्र र समृद राष्ट्र हाम्रो प्रतिबध्धता भन्ने मुल नाराका साथ बुर्तिबाङ स्थित उत्तरगँगा मविमा भएको कार्यक्रममा निमबहादुर जिसि नविनको संयोजगत्वमा सर्वसहमतीबाट ढोरपाटन नगरपालीका स्तरीय नेपाल शिक्षक सँघको गठन गरीएको छ । समितीको महिला उपाध्यक्षमा श्यामकुमारी भण्डारी, उपाध्यक्षमा बोदराज अर्याल, सचिबमा पुरण पाण्डे, अर्थसचिब थमप्रकास जैसी, सहसचिब अरुणकुमार भण्डारी, सहअर्थसचिब रमेश भण्डारी, महिला सहसचिब मधुमाया गुरुङ, महिला अर्थ उपसचिब शान्ता थापा, समावेसि सहसचिव भिम श्रेष्ठ, समावेशि उपसचिब राजेन्द्र सिँह धामि रहनु भएको छ । त्यस्तै प्रत्यक वडामा सम्योजक चयन गरीएको छ । जसमा वडा नँ १ देखि ९ सम्म क्रमश बिन्दु चालीसे,उमा बुढा, सेरबहादुर बुढा, दिनबन्धु खनाल, सालीन्द्र घर्ति, निता पुन, होम बहादु्र श्रेष्ठ, गणेश बिक, लोप्चन भण्डारी रहेका छन् ।

त्यस्तै समितीको पदादिकारीमा अन्य शिक्षकहरु रहनुभएको छ । आयोजित उद्घाटन सत्रकको कार्यक्रममा पुर्व ढोरपाटन नगरपालीका नेपाल शिक्षक सँघका संयोजक निमबहादुर जिसिको अध्यक्षता, नेपाल शिक्षक सँघ बागलुङ जिल्ला सभापती उमाकान्त शर्माको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस जिल्ला सचिब नवराज शर्मा, जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेपाल शिक्षक सँघ जिल्ला उपादक्ष दिल्लीराज अर्याल, नेपाल शिक्षक सँग सँघिय प्रतिनीधि सागर खरेल, नेपाली काँग्रेस क्षेत्र नँँ २ प्रतिनीधि उमेदवार नरबहादुर पुन निरज, पुर्व साम्सद तथा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, प्रदेश सभा उमेदवार जितबहादुर शेरचन, नेपाली काँग्रेस क्षेत्र नँ २ का उमेदवार दोर्णकुमार कुवँर, निसिखोला गाँउपालीका प्रमुख तारानाथ पौडेल,नेविसँघ केन्द्रिय उपादक्ष डिल्ली राज सुवेदी, शिक्षक सँघ सँघिय प्रतिनीधि देबेन्द खत्री, हरि लामिखाने, नेविसँघ केन्द्रिय उपादक्ष दिल्ली सुवेदी, तथा बिभिन्न बिधालयका नेपाल शिक्षक सँघमा आबद्ध शिक्षक लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले मँसिर १० गते हुने निर्वाचनमा समेत लोकतन्त्रको रक्षाका निम्ती आफनो ठाँउबाट सहयोग गर्ने शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिब नवराज शर्मा, जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेपाल शिक्षक सँघ जिल्ला उपाध्यक्ष दिल्लीराज अर्याल, नेपाल शिक्षक सँग सँघिय प्रतिनीधि सागर खरेल, नेपाली काँग्रेस क्षेत्र नँँ २ प्रतिनीधि उमेदवार नरबहादुर पुन निरज, पुर्व साम्सद तथा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, प्रदेश सभा उमेदवार जितबहादुर शेरचन लगाएतले बोलेका थिए । नेपाल शिक्षक सँघ जिल्ला सदस्य हिरालाल पौडेलको स्वागत रहेको कार्यक्रम पुरन पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *