बामपन्थी शिक्षकहरुको भेला गलकोट बहुमुखी क्याम्पस हटियामा सम्पन्न

थम्मन थापा सन्देश गल्कोट २०७४ कात्तिक १८ । बामपन्थी शिक्षकहरुको भेला गलकोट बहुमुखी क्याम्पस हटियामा आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघमा सम्वद्व शिक्षकहरुको सहभागितामा भेला सम्पन्न भएको छ ।भेलामा बोल्ने वक्ताहरुले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सम्पुर्ण बाम शिक्षकहरुले पेशागत मर्यादालाई कायम राख्दै ऐतिहासिक बाम एकतालाई सफल पार्नु पर्ने कुरामा जोड दिएका छन ।

भेलाले एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिका अध्यक्ष चुडामणि शर्माको संयोजकत्वमा ९ सदस्यीय मतदाता शिक्षा परिचालन समिति गरेको छ । समितिको उपसंयोजकमा अखिल नेपाल शिक्षक संघ गलकोट नगर समितिका संयोजक पुश्कर सापकोटा र सचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका गलकोट नगर समिति संयोजक राम बहादुर खत्री रहेका छन् । सदस्यहरुमा सुनमाया ढकाल, भीम प्रसाद पुन, विर बहादुर चोखाल, हेम बहादुर बुढाथोकी, देव सुनार र राधिका खत्री रहेका छन् ।

भेलाले गलकोट नगरपालिका भित्र प्रत्येक वडामा शिक्षक परिचालन कमिटी गठन गरेको छ । जस अन्तरगत वडा नं १ मा भीम पुन संयोजक, वडा नं २ मा रेम कार्की, वडा नं ३ मा राम बहादुर खत्री संयोजक, वडा नं ४ मा दधिराम गैरे संयोजक, वडा नं ५ मा टिकाराम कॅडेल संयोजक, वडा नं ६ मा हेम बहादुर बुढाथोकी संयोजक, वडा नं ७ मा विष्णु प्रसाद गौतम संयोजक, वडा नं ८ मा डम्मर सलामी संयोजक, वडा नं ९ मा पुश्कर सापकोटा, वडा नं १० मा रेशम राना संयोजक र वडा नं ११ मा तुल बहादुर श्रीस संयोजक रहेका छन् ।

भेलामा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, संयुक्त बाम निर्वाचन परिचालन समितिका संयोजक एवं नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, नेकपा माओवादी केन्द्र गलकोट नगर संयोजक तिलक उप्रेती, राष्ट्रिय जनमोर्चा गलकोट नगर संयोजक टंक केसी र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटाले मन्तव्य राखेका थिए।
संयुक्त बाम शिक्षक भेला एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगरका अध्यक्ष चुडामणि शर्माको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक संगठनका गलकोट संयोजक राम बहादुर खत्रीको स्वागत र अखिल नेपाल शिक्षक संघ गलकोटका संयोजक पुश्कर सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *