ढोरपाटनमा काँग्रेसको चुनावी सभा : बिपक्षीको आश्वासन र प्रलोभनमा नपर्न मतदातालाई आग्रह !

छविलाल पाण्डे बुर्तिवाङ २०७४ कात्तिक १८ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम ढोरपाटन नगरपालिका—३ पुर्कोटमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार नरबहादुर पुन निरजले शान्ति लोकतन्त्र र देशको समृद्धिका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे ।

उनले निर्वाचनमा समयमा विभिन्न आश्वासन र प्रलोभन बाँड्न विपक्षी सक्रिय रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । ‘अहिले बाम गठबन्धनका नाममा विपक्षीहरुले विभीन्न भ्रम र सपनाको खेति गर्दै हिँडेका छन्,’ उनले भने,‘यहाँका जनताका सच्चा सारथी हिजो पनि हामी थियौं र भोलि पनि हुनेछौं । त्यसैले नेपाली काँग्रेसलाई मदतान गर्नुहोस् । उनले निर्वाचन सम्पन्न भएसंगै विकासका कामको थालनी गर्ने बताए । ‘हामीले हिजोका दिनमा केही सकारात्मक कामहरुको सुरुवात गरेका छौं,’ उनले भने,‘त्यसलाई निश्कर्षमा पु¥याउन र थप विकासका काम सम्पन्न गर्नका लागि पुनः तपाईहरुको साथ चाहिएको छ ।’

प्रदेश सभा उमेदवार जित शेरचनले यस पटकको चुनावका आफु लोकतन्त्रको रक्षा र प्रदेश क्षेत्रको विकासका निम्ती उम्मेदवार बनेको भन्दै रुख चिन्हमा मतदान गर्न आग्रह गरे । उनले आफु सबै नागरिकलाई समान देख्ने र सबै स्थानको विकास चाहाने व्यक्ति भएका कारण समाज रुपान्तरणका निम्ती आफनो जित आवस्यक रहेको बताए ।

कार्यक्रममा महाधिबेशन प्रतिनीधि टेकराज शर्मा, पूर्व सांसद तथा समानुपातीक उमेदवार ज्ञानकुमारी छन्त्याल, महाधिबेशन प्रतिनीधि सिँहबहादुर राना, महिला संघ क्षेत्रिय अधयक्ष लिलमाया पुन लगायतले काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

क्षेत्रीय सभापति दोर्ण कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिलमाया पौविले गरेकी थिईन् । चुनावी अभियान अन्तर्गत नै बुर्तिबाङ बजारमा अगुवा कार्यक्रता भेटघाट गरीएको छ । आयोजित कार्यक्रममा चुनाबलाई कसरी प्रभाबकारी रुपमा अगाडि बढाउने, काँग्रेस पार्टीका एजेन्डा, र केन्द्रीत रणनीतिका विषयमाथि छलफल भएका थियो ।

नेपाली काँग्रेसलाई जिताउन पार्टीको सम्पूर्ण शक्ति लगाउने बैठकले निर्णय गरेको छ । कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगरपालीका संयोजक शालिकराम शर्माको सञ्चालनमा सम्पन्न भएको हो । त्यसैगरी उमेद्वार सहितको टोलीले ढोरपाटन नगरपालीका वडा नँ २ को सलामकोट तुसारे लगायतका स्थानमा घरदैलो गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *