तमानखोलामा सञ्चालित ५ दिने पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १८ । मिडिया विहीन गाउँपालिका तमानखोलालाई मिडियासँग जोड्न कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । तमानखोला गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा आज ५ दिने पत्रकारिता तथा उदघोषण तालिमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको तमानखोलामा रहेका कृषि, पर्यटन, स्थानीय विकास निर्माण तथा सामाजिक विकृतिका रुपमा रहेका सबै पक्षलाई मिडियाको पहँचमा लैजान तालिममा सहभागीलाई वक्ताले सुझाएका छन् ।

गत कात्तिक १४ गतेबाट सुरु गरिएको ५ दिने तालिमकै अवसरमा तमानखोला गाउँपालिकाले ७ बुँदे घोषणा पत्र समेत जारि गरेको छ ।
कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले, नेपाल पत्रकार महासंघ र स्थानीय सञ्चार माध्यमहरुसँगको सहकार्यमा आफ्नो गाउँपालिकामा मिडियाको अभाव हुन नदिने विश्वास दिलाउदै गाउँपालिकामा मिडिया सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बुढाले बताए ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दील शिरिसले, गाउँपालिका मिडिया विहिन भएपनि स्थानीय रेडियोहरुसँग सहकायै गर्दै आफ्ना गतिविधिहरुलाई सञ्चार माध्यमसम्म लैजान सकिने बताउनुभएको छ । गाउँपालिकाले चाहेका वा आवश्यकता महसुस गरेका विषयमा महासंघका तर्फबाट समेत सक्दो सहयोग गर्ने बताए ।

यस्तै तालिमका प्रशिक्षक एवं रेडियो परिवर्तनका स्टेशन म्योनेजर राम सुवेदीले, तमानखोला गाउँपालिकाले आयोजना गरेको तालिमका सहभागीहरुलाई आफ्नो सञ्चार माध्यमले सम्वाददाताको रुपमा स्थापित गर्ने प्रतिवद्धता सहित, स्थानीय सबै सञ्चार माध्यमहरुसँग सहकार्य र साझेदारी गर्दै स्थानीय समाचार सूचनाहरु प्रशारणमा सक्रिय हुन तालिममा सहभागीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचनले, स्थानीय स्तरका सबै गतिविधिहरु सञ्चार माध्यममा लैजाँदै पत्रकारिता क्षेत्र तर्फ लाग्न सहभागीलाई शुभकामना दिईन् ।

यस्तै तालिममा सिकेका कुराहरुलाई स्थानीय सञ्चार माध्यममा लैजान आमफूहरुको सक्दो प्रयास रहने सहभागीका तर्फबाट बोल्ने वत्ताले बताएका छन् । सहभागीका तर्फबाट नमी घर्ति र रबिन्द्र रोकाले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष शिरिसले, ‘तमानखोलामा सञ्चारको आवश्यकता, र संभावना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ‘तमान खोलामा सञ्चारको आवश्यकता, र संभावना’ विषयक मिडिया सम्वाद कार्यक्रममा उक्त घोषणा पत्र जारि गरिएको थियो । बोल्दै, गाउँपालिकाले जारि गरेको ७ बुँदे तमानखोला घोषणामा समेत सञ्चार माध्यम नभएको अवस्थामा विभिन्न रेडियो, टेलिभिजन, अनलाईनहरुमा सम्बन्ध सम्पर्क बढाउउँदै जाने, स्थानीय स्रोत साधनको परिचालन, कृषि, खानी, जनस्रोत, जडिबुटि लगायतका विषयमा खोज अनुसन्धान र प्रवर्धन तथा प्रचार प्रसार गर्ने, गाउँपालिकाका हरेक विषयलाई सञ्चार माध्यमबाट प्रशारण प्रकाशन गर्ने, तमानखोला गाउँपालिकाका हरेक वडा, गाउँ टोलमा स्थानीयहरुसँग सरोकार राख्दै, प्रदेश तथा केन्द्रसम्मको पहुँचमा लैजाने, पत्रकारितको विधि अनुसार गाउँपालिकामा शुसासन, पारदर्शिता र जवाफदेहिताको अधिकतम आत्मसाथ गर्ने, स्थानीय धर्म संस्कृति, परम्परा, विकृति विसंगति लगायतका विषयमा मिडियोको सहकार्यमा काम गर्दै जाने लगायतका विषयहरु समावेश गरिएका छन् ।

समापन कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *