Menu

सिसाखानीमा बोल्दै सागरले भने, ‘सिसा, तामा र फलाम खानी खुलाउन पहल गर्छु !’

बिमल खड्का खर्बाङ २०७४ कात्तिक १८ । बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको क्षेत्र नम्बर २ क को बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिटव्युरो सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागरले यस ठाउको सिसाखानी फलाम खानी तामाखानी खुलाउन र यसको थप अनुसन्धानमा गर्ने आफुले पहल गर्ने बताए ।

उनले धार्मिक सास्कृतिक र पर्यटकीय क्षेत्रको बिकाश गरि यस ठाउको घाटु नाचलाई संरक्षण र सम्बद्घन गरि यस ठाउको बिकाशमा आफुकटिबद्ध भएको बताए ।

कार्यक्रमलाई बिपक्षी प्रतिकृयाबादिले बामपंथीले अतिबाद लगाएर एकदलीय सासन चलाउछन भन्ने हल्लाको पछि नलाग्न आम कार्यकर्तालाई सागरले आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समितिका सदस्य एव जिल्ला सह संयोजक राजिव घिमिरे
एमालेका सुनिल शेरचन, राजमोका प्रतिनिधीस मेख बहादुर पाईजा, वडा न ३ का अध्यक्ष खड्ग बहादुर पुन, एमालेका हुम बहादुर धर्तीले पनि बोलेका थिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्र बडीगाड गाउपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण बहादु थापाको अध्यक्षता राजमो बडिगाड गाउँपालिका वडा ३ का कमिटि अधक्ष नर बहादुर पटेलको स्वागत सन्दिप पुनको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच बडीगाड गाउँपालिका वडा न ७ को माझखर्कमा टोल प्रचार प्रसार समिति गठन गरिएको छ।

टोल प्रचार प्रसार समितिमा देव बहादुर बुढाको संयोजकमा ४१ सदस्यीय चुनावि प्रचार प्रसार समिति गठन गरिएको छ। जसको उप संयोजकमा हेम प्रसाद श्रीष रहेका छन कार्यक्रम नेकपा माओवादिका जित बहादुर थापा एमालेका गंगा गुरुङ कृष्ण भट्टराई राजमोका ओम बहादुर बुढा रहेका छन् ।
कार्यक्रममा माओवादिका जिल्ला सदस्य धन बहादुर बुढाको अध्यक्षता एमालेका खगेन्द्र बुढाको संचालन सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *