Menu

तीन बाम घटकहरुको एकताले केही शक्ति केन्द्रहरुमा भुइचालो गएको छ – पौडेल

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १८ । नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ प्रतिनीधि सभाको लागि वामगठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेलले देशको समृद्धि र विकासको लागि बाम एकता भएको बताएका छन् ।

निसीखोला गाउँपालिका—१, देविस्थानमा आयोजना गरिएको संयुक्त चुनावी सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पौडेलले तीनवटा बाम घटकहरुको एकताले गर्दा केही शक्ति केन्द्रहरुमा भुइचालो गएको बताए । उनले आसन्न प्रतिनीधि तथा प्रदेशसभाको निर्वाचनमा बामगठबन्धनलाई दुई तिहाइको बहुमत प्राप्त हुने र त्यसले कम्तिमा पनि २० बर्षसम्मलाई कम्यूनिष्टहरुको राज्यसत्ताको आधार तयार गर्ने बताए ।

त्यस्तै, कार्यक्रममा प्रदेशसभाका साझा बाम उम्मेदवार टेकबहादुर घर्तिमगरले ग्रामिण इलाकाहरुमा जनजीवनसँग जोडिएका महत्वपूर्ण पक्षहरुसँग आफुहरु परिचित भएकोले तिनीहरुको उपलब्धिको लागि बामगठबन्धनको जीत आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापामगरले जिल्लाका केन्द्र तथा प्रदेशको ६ वटै सिटमा बाम उम्मेदवारहरुको विजय हुने र जिल्ला फेरी एक पटक लालकिल्ला बन्ने कुरा बताए ।

कार्यक्रममा पूर्व सभासद बलावती शर्मा, माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य रेसम थापा, माओबादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनीधि तुलसीराम अर्याल, क्षेत्र नं २ का निर्वाचन परिचालन कमिटिका संयोजक धर्मबहादुर कुँवर, नेकपा एमालेका जिल्ला सदस्य बिरबहादुर विश्वकर्मा, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिमगर, तीनवटै पार्टीका केन्द्र, जिल्ला र स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका लालबहादुर सिञ्जालीको स्वागत मन्तव्य र भीम घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच निसीखोला गाउँपालिका वडा नं. ५ मा संयुक्त बाम गठबन्धनको वडा कार्यालय उदघाटन गरिएको छ । कार्यालय सञ्चालनका लागि चुनाबहादुर घर्ति, धनसुर घर्ति र रविन घर्ति मगरलाई जिम्मेवारी दिइएको छ । वडामा रहेको तीन वाम पार्टि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।

यसैबीच सोही वडामा तीन बाम पार्टिहरुको संयुक्त चुनावी प्रचार प्रसार समिति गठन भएको छ । नेकपा एमाले वडा संयोजक रविन मगरको संयोजकत्वमा २ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको निसीबाट हिराबहादुर पुनले जानाकारी दिनुभएको छ । प्रचार प्रसार समितिले गाउँ तथा टोल टोलमा चुनाव प्रचार गर्ने मतदाता भेटघाट तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका काम गर्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *