Menu

काँग्रेसको चुनावी अभियान तीब्र : देशको विकास र निकासका लागि काँग्रेसको बिकल्प छैन – खडका

प्रदीप पन्त, बागलुङ २०७४ कात्तिक १८ । नेपाली काग्रेसले चुनावी अभियानलाई तिव्र पारेको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफना उम्मेदावरहरुलाई विजयी गराउन नेपाली काग्रेसले जिल्ला भर चुनावी अभियान जारी राखेको छ । क्षेत्र १ र २ तथा प्रदे्श क र ख मा घरदैलो एवं चुनावी अभियान भईरहेको छ ।

क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार चम्पादेवी खडका र प्रदेश सभा क का उम्मेदवार दिपेन्द्रबहादुर थापा एवं ख का उम्मेदवार प्रकाश शर्मा पौडेलले शनिवार पनि बिभिन्न स्थानमा घरदैलो एवं चुनावी अभियान सन्चालन गरेका छन् । अभियान अन्र्तरत बागलुङको प्रतिनिधीसभा क्षत्र नम्वर १ को काँठेखोला ३ धम्जा र ४ तंग्रामका बिभिन्न ठाउँमा सभा र घरदैलो गरेको छ ।

चुनावी सभा अन्तर्गत धम्जाको असौजेमा ्भएको कार्यक्रममा बोल्दै प्रतिनिधी सभा क्षेत्र नम्वर १ का उम्मेदवार चम्पादेवी खड्काले देशको विकास र निकासका लागि नेपाली काँग्रेसको बिकल्प नरहेको बताउदै वाकी रहेको कामहरुलाई पुर्णता दिन नेपाली काग्रेसलाई विजयी गराउनुपर्ने बताईन् ।

प्रतिनिधीसभा क्षत्र नम्वर १ को प्रदेश १ का उमेदवार दिपेन्द्रबहादुर थापाले नेपालमा लोकतन्त्र खतरामा पर्ने सक्ने सम्भावना बढेकोले मुलुकमा लोकतन्त्र जोगाउन काँग्रेसका उमेदवारहरुलाई मत दिन आग्रह गरे । उनले देशको निकासको लागि नेपाली काग्रेसको विजय आवश्यक रहेको बताए ।

कार्यक्रममा समानुपातिक उमेदवार कोपिला बोहरा, नेपाली काँग्रेसका जिल्ला सदस्य खिमानन्द पौडेल, क्षेत्रीय सभापति चिरञ्जीवि गौतम, भुपु सैनिक संघका हरिबहादुर भण्डारी र नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापाले मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस गाउँ कमिटिका महेन्द्रबहादुर खड्काको अध्यक्षता, प्रकाश रानाको स्वागत र अनिस श्रीसकको संचालनमा सम्पन्न भएको थियो ।
प्रचार अभियान अन्तरगत तंग्राममा पनि पनि उमेदवार सहितको चुनावी सभा तथा घरदैलो कार्यक्रम गरिएको छ । यसैविच बानपा ११मा नेपाली काग्रेसको चुनावी प्रचार प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । चुनावलाई प्रभावकारी बनाउन वडा सभापति थमबहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्यीस प्रचार प्रसार समिति गठन गरिएको छ । त्यसैगरि १ सय १ सदस्यीय महिला सघं र तरुण दल प्रचार प्रसार समिति गठन गरिएको छ ।
यसैवीच नेपाली काग्रेसको भातृ संगठन भुतपुर्व सैनिक सघं बागलुङले चुनावी प्रचार प्रसार समिति गठन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाई विजयी गराउने जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा प्रचार प्रसार समिति गठन गरिएको हो । जिल्ला अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । क्षेत्र न १ मा सघंका सचिव नरबहादुर किसान,क्षेत्र न २ मा उपाध्यक्ष डम्वरबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

त्यसैगरि बानपामा चक्रबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय,काठेखोला गाउ“पालिकामा कृष्ण बहादुर पुनको संयोकत्वमा १५ सदस्यीय,जैमनी नगरपालिकामा जितबहादुर रानाको संयोजकत्वमा सात सदस्यीय, र बरेङ गाउ“पालिकामा मेखबहादुर छन्त्यालको संयोजकत्वमा पाच सदस्यीस प्रचार प्रसार समिति गठन गरिएको सघंका जिल्ला सचिव नरबहादुर किसानले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन सघं प्रचार प्रसार लगाएका अन्य कार्यलाई प्रभावकारी बनाउने अध्यक्ष हरिबहादुर भण्डारीले बताए । प्रचार प्रसार समिति थप गर्दै जाने समेत उनले बताए ।

उता काँगेसको चुनावी प्रचार अभियान जिल्लाको जैमिनी नगरपालिका—३ दमेक सम्पन्न भएको छ । चुनावी अभियान सँगै त्यहाँको प्रसिद्ध गाजा दह रुद्रताल संरक्षण तथा सामुदायिक विकास केन्द्र जैमिनी नगरपालिका—३ को ११ औ बार्षिक उत्सव तथा बैकुण्ठ चतुदर्शी मेलाको उद्घाटन गरिएको छ ।

सो अवसरमा बोल्दै निर्वाचन क्षेत्र नं १(२) का प्रदेश सभा उम्मेद्वार प्रकाश शर्मा पौडेलले समृद्ध नगर र दमेकको पर्यटन, संस्कृति र पूर्वाधार निर्माणमा आफुहरुले निरन्तर पहल गरेको र आगामी दिनमा गर्नका नेपाली काँग्रेसको रुख चिह्नमा मतदान गरि विजयी गराउन आग्रह गरेका थिए । मेलामा बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, बरेङ गाउपालिका—१ अध्यक्ष नरसिंह पुन लगायतले बोलेका थिए ।

गाजा दह रुद्रताल संरक्षण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपाल छन्त्यालको अध्यक्षता र विक्रम थापाको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । भलिवल तर्फ २७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *